साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ ।
नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज विमानस्थल पुग्नुभएको थियो ।
मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३-० अन्तरले पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो ।
नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका भेट्रान खेलाडी रोहित चन्द पनि मालदिभ्सबाट सिधै इन्डोनेशिया पुगे । टोलीका अन्य सदस्य स्वदेश फर्कंदा रोहित भने फर्किएनन् । उनी इन्डोनेशियाबाट लिग खेल्छन् ।

