eNepal

आइटीका विद्यार्थीहरुलाई पुलको काम गर्दै एक्स्ट्राटेक

एक्स्ट्राटेक बिगत १ वर्ष देखी अस्ट्रेलीयामा नेपाली आइटीका विद्यार्थीहरुलाई आफ्नै क्षेत्रमा भविश्य बनाउन सहयोग गर्ने उद्देश्यले स्थापना भएको आइटी ट्रेनिङ ईन्स्टिच्युट हो। अहिलेको अवस्थामा एक्स्ट्राटेक केबल एक ईन्स्टिच्युट मात्र नभइ आइटीका सम्पूर्ण सेवा प्रदान गर्ने मुख्य केन्द्र नै बनि रहेको छ । एक्स्ट्राटेकले आफ्ना धेरै कार्यहरु बिस्तार गरी रहेको छ । क्याफे, रेस्टुराँ, स्टोर, एजुकेसन कन्सल्टेन्सी अथवा कुनै पनि व्यापार व्यबसायको वेबसाइट डिजाइन, होस्टिङ्, मोबाईल अप्प्लिकसन डिभेलपमेन्ट, डिजिटल मार्केटिंग, नेटवर्क डिजाइन, अफिस सेट अप देखी लिएर आइटीसँग सम्बन्धित सम्पूर्ण काम गर्दछ ।

३ जना विद्यार्थीबाट सुरु गरेको एक्स्ट्राटेकसँग अहिले १२० जना भन्दा बढी विद्यार्थीहरुले प्रतक्ष्य सेवा लिइ रहेका छन ।जसमध्य ४५ भन्दा बढीले आइटिका विभिन्न क्षेत्रमा काम पनि गरी रहेका छन र काम पाउनेको  संख्या बड्ने क्रममा छ ।सन् २०१४ मा अष्ट्रेलियाको सिड्नीमा उच्च शिक्षाका लागि आएका विनोद कुँवर एक्स्ट्राटेकका सँस्थापक हुन ।आफु सँग राम्रो विश्वविद्यालयको मास्टर डिग्री हुँदा पनि आफुले आइटीमा काम पाउन निकै कठिन भएको कुरा कुँवर बताउँछन।

त्यसबेला देखी नै उनले अब आउने नेपाली विद्यार्थीलाई आफुले भोग्नु परेको संघर्ष भोग्नु नपरोस् र नेपाली पनि आइटीमा कम छैनन् भन्ने कुरा देखाउन चाहेकाले पनि एक्स्ट्राटेकको स्थापना भएको बताउँछन।

यही जनवरी २०२१ बाट मेलबोर्नमा समेत अफिस लिएर आफ्नो सेवा सुरुवात गरिरहेको छ। नेपालमा पनि कार्य-बिस्तारका लागि कागजी प्रकृया भइ रहेको र अब केहि महिनाबाट सुरुवात हुने कुरा ओपरेसनल म्यानेजर सन्तोष श्रेष्ठ बताउँछन । उनी थप्छन्, “जगिर पाउनका लागि कस्तो बायोडाटा बनाउने, अन्तर्वातामा कसरी प्रस्तुत हुने र आफूसँग भएको क्षमता बजारमा कसरी विक्री गर्ने, अनि प्रबिधीसँग खेल्न सक्ने विद्यार्थीहरुलाई सही परामर्ष दिइ आइटीमा अन्य जागिरका लागि जस्तै भौतारिनु नपर्ने अवस्ठा शृजना गर्नु नै हाम्रो काम हो । र कुनै पनि विद्यार्थी पैसाको कारणले हाम्रो सेवा लिनबाट बन्चित भहिरहेका छन भने पनि त्यसको लागी पनि विशेष व्यवस्था गरिएको छ ।हामीले यती सम्म गरी रहेका छौ कि विद्यार्थीले काम पाए पछी मात्र पनि फि लिरहेका छौ ।”

गत महिना मात्र ‘द युनिभर्सिटी आफ सिड्नी’मा ‘आइटी सभिस डेस्क एनालिस्ट्’ को काम सुरुवात गरेकी सुजना खत्री भन्छिन, “एक्स्ट्राटेकले पहिलो कुरा त मलाई आफुले आफुलाई बिश्वास गर्न सिकायो । यहाँको ‘ जब रेडी प्रोग्राम’ (JOB READY PROGRAM ) को तालिम लिए पछी टेक्निकल स्किललाई तिखार्न ठुलो भूमिका खेल्यो । रियल काममा हुने सम्पूर्ण कुराहरु नै पढाई हुने,वान टू वान कोचिङ, रेगुलर फीडब्याक, अन्तर्वार्तामा के-के बोल्ने, कसरी बोल्ने भनेर सिकाइने भएकाले पनि इन्टर्भ्यूमा निकै सजिलो हुने रहेछ ।अनी रियल काम मा जानु अघी नै धेरै कुरा थाहा भैसक्ने भएर पनि एक्स्ट्राटेकले धेरै राम्रो काम गरेको महसुस हुन्छ ।”

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal