eNepal

आई एम वो के, आर यु वो के!!

सन् २०२० हामी सबैका लागि चुनौतीपूर्ण वर्ष रह्यो।परिस्थितिले हामी सबैलाई चार दिवाल भित्र बन्देज बनाएर राखेको छ।

हुन त हामी बिहानी पख आँखा मिच्दै भए पनि पल्लो घरका छिमेकीलाई चिया पिउनु भयो त आमा बाबा भन्दै सोधेर के छ खवर तपाईको टाईपको सस्कारमा हुर्किएका मान्छे। 

यो बर्ष हामी सबै, गएका बर्षहरुको तुलनामा निकै पृथक र बिषम् परिस्थितीबाट गुज्री रहेका छौ। सबैको अनुहारमा एक प्रकारको भए छ, डर छ अनि त्रास पनि। हामी सबैको जिवनशैलीमै परिबर्तन भएको छ।

एक अर्काकोको परिस्थिती बुझ्न, मनोभावना को कदर गर्न अनी एकअर्कालाई सहयोगको भावना जाग्रीत होस् भन्ने हेतुले आज यानिकी सेप्टेम्बर १० लाई आर यू ओके डे को रुपमा मनाइने चलन चल्दै आएको छ। 

सेवा प्रदान गर्नु भएका दाजु दिदीहरु तपाईहरु आफ्नो क्लाईन्टलाई सोध्नु होस्, आर यु वोके भनेर। पैसा लिने बेला, आफ्नो फाईदा पर्दा मात्र नसम्झनु होस्, अरुबेला पनि सोध्नु होस् आर यु वोके भनेर। बिधार्थीहरुलाई सोध्नु होस् आर यु वोके। सबै ठिकै त छ नि भनेर।

सँगै बसेको साथी केही परिबर्तन भयो, पहिला जस्तो बोल्दैन, हाँस्दैन अनि व्यबहार गर्दैन भने सोध्नु होस् आर यु वोके। ह्या ठुलो पल्ट्यो, मलाई त्यसको बाल भयो र भनेर पछाडी कदापी नहट्नु होस्। उसलाई कतै तपाईको सहानुभुती पनि चाहिएको हुन सक्छ। कतै आफ्ना पिडा भन्न सकि रहेको पनि हुँदैन। तपाईको सानो बाक्यले उसलाई ठुलो अस्त्रको काम गरेको हुन सक्छ।

अभिवावकहरुले पनि पैसा मात्र चाहिदा सम्झने, फोन आयो कि ह्या खाली पैसाको मात्र त कुरा गर्छन् जस्तो वाला फिल नगराउनु  होस् आफ्ना बिदेशमा गएका छोरा छोरीलाई। बिदेश छन् भन्दै मा सधै पैसा नहुन सक्छ। कहिले काँही आर यु वोके, कस्तो छ तिमीलाई भनेर फोन गर्ने गर्नु होस्।दिन राम्रो भए पैसो नाथे कमाई हाल्छन् नि होईन र।

आजको यो चुनौतिपूर्ण समयमा आफन्त, साथी सङ्गीलाई नजिकका मान्छेलाई आफ्ना कुरा सेयर गर्नु होस् मनमा गुम्सायर नराख्नु होस् चाहे तनाबको होस् या खुसीयालीको नै किन न होस्।पक्कै मन हल्का हुन्छ। कसै न कसैले सुन्छ तपाईको मनको कथा।

जिवनबाट हार कदापी नखाऔ। हारलाई शक्तीमा बदलौ।तपाईलाई थिचेका पहाड अनि भड्खालालाई सँगै हटाउँने अनि टाल्ने पहल गरौ। आ यु वोके यो प्रश्नले कसैको जिवनमा ठुलो प्रभाव पार्न सक्छ। मृत्युको मुखबाट कसैलाई रोक्न सकिन्छ भने किन नभन्ने आर यु वोके।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal