डा. महेश भण्डारी, मेल्बोर्न
हाम्रो भेटघाट भएको चानचुन पाँच महिना मात्रै भएको छ यो कोरोनासंग I यस अवधिमा संसार कति ऋणमा डुब्यो, हाम्रा कति आफन्त र साथिभाईले काम गुमाए, कति व्यवसाय घाटा लगेर बन्द गरे भनेर साद्धे नै छैन I टाढाको के कुरा गर्नु, अस्ट्रेलियामा मात्रै पनि, भिक्टोरिया सेक्रेटले दिवाला भएको घोषणा गर्यो, जाराले आफ्ना १२ सय वटा दोकान सधैको लागि बन्द गर्यो I च्यानेल, हर्मेज र रोलेक्स जस्ता मै हु भन्ने कम्पनीले आफ्नो उत्पादन गर्ने फ्याक्ट्रीमा सधैको लागि ताला लगाए ,नाईकीले पनि दोस्रो चरणको लेअफ्फमा जाने घोषणा गर्यो, एअर-बि-एन-बि ले १२ वर्षको कमाई ४ महिनामा स्वाहा भएको बिज्ञप्ति निकाल्यो I स्टार-बक्स भन्ने संसार मै तहल्का मच्चाएको कफी कम्पनिले आफ्ना ४ सय कफी-दोकान भन्दा गर्नु पर्यो, भर्जिन जहाज कम्पनिले आफ्ना तीन हजार कर्मचारीहरुलाइ सरी, काम छैन भन्दियो I यस्ता कथा-व्यथा अर्को ६ महिनामा झन् कति सुनिने हुन्, सोचेर साद्धे छैन I औषधी आउने केहि टुंगो छैन, अर्को एक वर्ष पनि के हो के हो ?
माथि उल्लेखित डाटा हावा गफ होइनन, किन भने हामी रिसर्चरहरु त्यस्तो गफ गर्न जन्दैनम्I
त्यसैले, ह्याँ सुन्नुस अब !
सन् २०२० भनेको जसोतसो जिबिका चलाउने वर्ष हो, मालामाल हुने वर्ष होइन I तपाइँले आफ्नो खर्च सम्म धान्नु भएको छ भने पनि धेरै हो अहिलेलाई। जागिर दिने अफिसहरू बन्द भएका छैनन् भने त्यहि ठुलो उपलब्धि हो, कम्पनिले तपाईलाइ जसो तसो तलब दिई रहेको छ भने, धेर किचकिच नगर्नुस, उसको धेरै कुरा नकाट्नुस, विचार गर्नुस कि चलाउनेहरु कति टेनसनमा होलान I यत्रो जात्रा हुँदा पनि तपाईलाइ बाईबाई भनेको छैन, यसको लागि अनुग्रहित हुनुहोस, आफुसंग जे छ, त्यसको लागि एकचोटी भगवानलाई पनि धन्न्यबाद दिनुहोस, अझ बढी मिहिनेत गरेर आफ्नो कम्पनिलाई अप्रत्यक्ष रूममा टेवा दिनुहोस I काम गर्ने दिन घटाई दिएको छ भने त्यो समयलाई बरदान जस्तो सम्झेर परिवार र आफन्तसंग बिताउनु होस् I कुनै एउटा सामाजीक विचार, धर्म अथवा राजैनातिक आस्थाको लहै लहैमा लागेर अर्को पक्ष्यको खोइरो खन्ने ट्याम होइन यो I हेर्नुस कसरि पश्चिमी मुलुकका नेताहरुले हामीलाई को कुन पार्टी को भन्ने भान सम्म पनि पर्न नदिएर कसरि संगै मिलेर जनता र देश को लागि यो संकटको घडीमा आफुलाई समर्पित गरेका छन् I उदाहरणको लागि, हामी बस्ने राज्यका प्रमुख ड्यान याँड्रीउ र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन कसरि काँधमा काँध मिलाएर अहोरात्र खटेका छन्? ड्यान याँड्रीउ लेबर पार्टीका (र मेरो हाकिम पनि) हुन् भने स्कट मरिसन लिबरल पार्टी का हुन् I भिक्टोरिया राज्यमा लेबरको सरकार छ भने फेडेरल सरकार चै लिबरलको छ I
यस्तै ताल आफु जन्मेको देशका नेता जीहरुले नि गर्दे यो मन कत्ति चंगा हुन्थ्यो होला I

