eNepal

एज्डकेयरमा कोरोना संक्रमण र यसै क्षेत्रमा कार्यरत नर्सको सुझाव

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना सक्रमण  अष्ट्रेलियाको  भिक्टोरिया राज्यमा अन्य राज्यको तुलनामा बढि मात्रामा फैलीइरहेको छ। पछिल्ला केहि दिन देखि हरेक दिन जसो संक्रमित संख्या अप्रत्यासित रूपमा बढिरहेको छ । मृत्यु हुनेको संख्या पनि पछिल्लो समय बढिरहेको छ।प्राईभेट तथा पब्लिक हस्पिटलका साथै बृद्ध स्याहार केन्द्र (एज्डकेयर)मा कोरोना भाईरसको संक्रमण बढेपछि स्थिति चिन्ताजनक बनेको हो ।

विभिन्न एज्ड केयरमा मात्रै ठुलो मात्रामा कोरोनाका संक्रमित भेटिएका छन् । नर्सिंग होमहरूमा कोरोना संक्रमण बढे पछि संक्रमणलाई कम गर्न त्यहाँ काम गर्ने कामदारहरूलाई एउटा मात्र ठाउमा काम गर्न सरकारले र सँस्थाहरुले अनुरोध गरिरहेका छन, PPE प्रयोगमा कडाई गरिएको छ।

नर्सिंग होमको काम नेपालीहरुको रोजाईको काम अन्तर्गत पर्ने गर्छ। प्रशस्त मात्रामा नेपालीहरु नर्सिंग होममा व्यवस्थापन देखि लिएर , क्लिनिकल, हेरचाह, किचेन लगाएत बिभिन्न क्षेत्रमा भेट्न सकिन्छ। यसै क्षेत्रमा नर्स यूनिट म्यानेजरको रूपमा कार्यरत गणेश कँडेलका सुझाबहरू यस्ता छन्।

-हजुर अथवा हजुर संगै बस्ने कसैलाई फ्लु जस्ता लक्षणहरु  देखिएमा-ज्वराे आएमा,खाेकि लागेमा,स्वास फेर्न गार्‍हो भएमा अथवा संगै बस्ने आफन्त कोभिडको बिरामीसंग एक्स्पोज भएमा तुरुन्त काममा खबर गर्नुहोस्।

-चिकित्सकसंग Telehealth परामर्श लिनुहाेस् र ड्राइवथ्रुमा गएर कोभिड टेस्ट गरिहाल्नुस् र रिजल्ट नआउदा सम्म घरमै बस्नुहोस्।

-काममा दिने ट्रेनिंग, अनलाईन ट्रेनिंगहरू पुरा गर्नुहोस्: जसले गर्दा कोभिडको बारेमा जानकारी मिल्छ। Hand Hygiene, Social distance जस्ता कुरामा सधै सचेत रहनुस्, काममा जानु अघि screening गर्नुस, मास्क अनिवार्य रूपमा प्रयोग गर्नुस। कामको पोलीसी, ईमेल र मेमोहरू चेक गरि अप्डेट रहनुहाेस्।

-एक भन्दा बढि ठाउँमा काम नगर्नुस् ;गर्नुहुन्छ भने व्यबस्थापन संग छलफल गर्नुस, जसले गर्दा व्यबस्थापनले Early planning गर्छ , rostering मा सजिलो हुन्छ, अनाबस्यक victimisation बाट बच्न सकिन्छ ।

-काममा आफ्नो साथी वा रेसिडेन्ट बिरामी जस्तो देखेमा तुरुन्त व्यबस्थापन मा खबर गर्नुहोस। यदि हजुर कोभिड महामारीको बेलामा काम गर्न ईच्छुक हुनुहुन्छ भने Manager संग कुरा गरेर कोभिड व्यबस्थापन टीमसंग सहकार्य गर्नुहोस, सेग्रेगेशन प्लान, पीपीई प्रयोग र emergency Plan को बारेमा सचेत रहनुहोस।

-WHO, BBC, ABC, यूटूब मा रहेका बिस्वासिला educational material हरू चेक गरि राख्नुस। समय मिले सम्म फ़ोर कर्नरमा भएका कोविड १९ सम्बन्धी सूचना मुलक क़ार्यक्रमहरू हेर्नुस , जसले आफुलाई मनोवैज्ञानिक रूपमा तयार पार्छ।

यो अवस्थामा स्थाई कामदारको हकमा pandemic leave मिल्छ भने casual को हकमा टेस्ट पछि ३०० डलर सरकारले दिने गर्छ, यदि रिजल्ट पोजेटिभ आएर १४ दिन आईसोलेसनमा बस्नु पर्दा casual को केसमा १५०० डलर सरकारले दिने गर्छ ।

(लेखक गणेश कँडेल मेल्बोर्नमा नर्स यूनिट म्यानेजरको रूपमा कार्यरत हुनुहुन्छ)

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal