दिपाश्रीको पहिलो निर्देशन रहेको फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, नम्रता सापकोटा र बर्षा राउतको मुख्य भूमिका रहेको छक्का पन्जाको मेल्बोर्न प्रिमीयर आज हुँदैछ। स्थानिय चाईना टाउन हलमा अपरान्ह ८ बजे यो चलचीत्र प्रदर्शन हुन लागेको यस चलचीत्रका लागि मेल्बोर्न बितरक नेप्ले ईभेन्ट्सका डाईरेक्टर सन्जय कुमार शाहले बताउनु भयो। दर्शकहरुले अहिले पनि अत्यधिक फोन र म्यासेज गरेको बताउँदै फस्ट कम फस्ट बेसीस भएकोले निर्धारीत समय भन्दा अगाबै आएर आफ्नो सिट सुरक्षित राख्न अनुरोध गरिएको छ।
राम्रो सिनेमा बनेमा हिन्दी र अङ्ग्रेजी सिनेमा समेत हलबाट हटाएर दर्शकहरुको चाह बमोजीम यो सिनेमा राखिएको थियो।
दर्शकहरुको अत्याधिक चापलाई मध्यनजर लगाउँदै छक्का पन्जाका थप दुई शोहरु गर्न लागिएको छ। आगामी २ अक्टुबर आईतबारका दिन नोभा सिनेमामा ६:०० मा र १२ अक्टुबरका दिन सोही सिनेमा हलमा तेस्रो शो प्रदर्शन हुने भएका छन्।साथ साथै यस चलचीत्रलाई हेर्न चाहानेहरुले नेप्ले ईभेन्ट्सको वेभसाईटमा गएर अनलाईन टिकट लिन पनि आग्रह गरिएको छ।