eNepal

पोखराकी निशा गुरुङले बनाईन रुकुम हत्या काण्डबारे सर्ट मूभी

गत जेठ १० गते रुकुम सोतीमा प्रेमको नाममा जातीय नरसंहार भयो । कथित दलित जातका नाममा नवराजको प्रेम भेरी नदीमा ३ करोड नेपालीले हेर्दाहेर्दै बगेर कहिले नफर्किने गरी सागरमा मिल्न पुग्यो । 

जाजरकोटका विश्वकर्मा थरका नवराज र रुकुमकी ठकुरी थरकी युवतीले प्रेम सम्बन्ध अघि बढाउँदा जातको हिसाब दुवैले गरेका थिएनन् । उनीहरूका बीचमा मात्र सीमित हुन्जेल प्रेममा कसैको तगारो थिएन । तर, जब उनीहरू विवाहका निम्ति अग्रसर भए परिवार मात्र होइन, सिंगो सोतीगाउँ नै पहिला उनीहरूको प्रेमको र त्यसपछि जीवनकै हत्या गर्न अग्रसर देखियो । यो क्रूरतम् हत्याकाण्ड यो शताब्दीकै एउटा कलंकित घटना बन्न पुग्यो । 

आज यो घटनालाई विश्वमा रहेका नेपालीलाई तरङगीत बनाएको छ। ठाउँ ठाउँबाट आवाज उठी रहेका छन्। यहि घटनालाई आधार बनाएर पोखराका केही युवाहरुले सर्ट मुभी “रुकुम हत्याकाण्ड”  बनाएका छन्।यसको कथा र कन्सेप्ट प्रशान्त गुरुङ र निशा गुरुङको हो भने भिडीयो र सम्पादन अमर राई र अमन थापा गुरुङले गरेका हुन्।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

enepal