आदिकबि भानुभक्त आचार्यको २०३ औं जन्म जयन्तीको अवसर पारेर मेल्बोर्नको बीग बेली रेस्टुरेन्टमा एक साहित्यीक जमघट गरेर सम्पन्न भएको छ। साहित्य तथा सङ्गीत जमघट भिक्टोरीयाले आयोजना गरेको सो कार्यक्रममा मेल्बोर्नमा दिग्गज व्यक्तित्वहरुबाट कबिता मन्चन भएको थियो।
करिब ४ घण्टा लामो भएको सो जमघटमा आफ्नो व्यस्त कामको बाबजुद पनि भिक्टोरीयाका लागि अबैतानीक महाबाणीजय दुत चन्द्र योन्जन, न्याभका बर्तमान अध्यक्ष अनुपम पोखरेल, एनआरएनए भिक्टोरीयाका को-अडीनेटर केशव कँडेल लगाएत बिभीन्न दिग्गज साहित्यमा रुची राख्ने व्यक्तित्वहरुको उपस्थीति रहेको थियो। कार्यक्रममा अधिकांश महानुभावहरुले कबिता मन्चन गर्नु भएको थियो।
प्रसिद्ध उपन्यास सेतो धर्तीका लेखक अमर न्यौपानेले आफ्नो बिगतको अनुभव, भोगाई अनि साहित्य तर्फको आफ्नो लगाव अनि रचीको बारेमा आफ्नो कुरा राख्नु भएको थियो। सेतो धर्ती कसरी लेखिएको र यस भित्रको पात्रसँगको आफ्नो अनुभवहरुपनि साट्नु भएको थियो।
अमर न्यौपाने जसको पानीको घाम पहिलो आख्यान हो जसले २०६६ को पद्मश्री साहित्य सम्मान पाउन सफल भएको थियो।त्यस्तै गरेर २०६७ मा बालकथा सङ्ग्रह कलिलो मनले पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो। प्रसिद्ध उपन्यास सेतो धर्तीका लेखक अमर न्यौपानेले यहि उपन्यास बापत मदन पुरस्कार र रामराज पन्त समृति पुरस्कार हात पार्नु भएको थियो। हालचालै मात्र उहाँद्वारा लेखिएको उपन्यास करोडौ कस्तुरी बजारमा आएको छ।