eNepal

लेख्ने नै भए बाबुराम कामी हैन, नबराज भट्टराई लेखौ

मेरो पनि दृढ सोच र अटल बिस्वास यो छ कि मानिसको पेशा फरक होला, आर्थिक असमानता हुनसक्छ अनि अबसरको हिसाबले बैद्दिक स्तर तलमाथि हुनसक्ला तर जातको हिसाबले कहिल्यै हुन सक्दैन-यदि हुन्छ भने अन्धविश्वास र कुसंस्कार बाहेक केहि हैन। जहासम्म मलाई लाग्छ- शैक्षिक, आर्थिक र नैतिक सशक्तिकरणले नै यो अन्धविश्वास र कुरितिको खाडल पूर्न सक्छ।त्यसैले मानव सशक्तिकरण नै बराबरी हैसियतको अचूक उपचार हो।

म त भन्छु, अहिलेका कथित पार्टीहरूले क्रान्तिकारीको हवाला दिएर दलित कोटा, आरक्षण आदि नाम दिएर यो असमानतालाई क़ानूनी रूपमा संस्थागत गरेका छन। यो कमज़ोरिलाई टाउकामा टेकेर राजनैतिक अभीष्ट पुरा गरेका छन।कोटा र आरक्षण प्रणालीबाट लाभलिन कुनै दलितलाई पनि हिचकिचाहट भएको अहिलेसम्म थाहा छैन र उहाँहरु गर्बसाथ आफ़नो थर भन्नुहुन्छ।त्यसैले के भन्न सकिन्छ भने समस्या जातमा हैन, अवसर र सशक्तिकरणको हो। Right man at right place नभई देश हैन केहि पनि बन्दैन।समस्या एउटा बाहुनको छोरोसंग दलितकी छोरिको बिबाह मात्र हैन, एउटी सम्पन्न र शिक्षित दलितकी छोरी पनि साधारण बाहुन केटासंग बिबाह गर्न राज़ी हुन्न। अर्को कुरा जात बदल्दैमा समानता आउने भए बाबुराम कामी हैन, नबराज भट्टराई/शर्मा/बस्नेत/कठायत/शाह/ राणा/ रिमाल आदि लेखूम।अग्रगामी छलांग मारौ न कामरेड किन यथास्थितिमा अल्झिने?

जातीय विभेद दन्दले होईन- प्रेम, आत्मसम्मान र सशक्तीकरणले निदान गरौ।

#Say_no_to_racism.

लेखक: उद्धव कठायत

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal