बोध राज बराल
-विश्व बजारमा झन्डै १० प्रतिशत आर्थिक योगदान दिएको पर्यटन व्यावसय ले झन्डै त्यति नै प्रतिशत रोजगारी सिर्जना गरेको छ। यो वर्ष को शुरु देखि नै विश्व पर्यटन मा प्रतिकूल असर परेको थियो भने अर्को हप्ता अर्थात् आउँदो जुन महिना देखि धेरै देश ले केहि हद सम्म मृत प्राय रहेको पर्यटन व्यवसाय लाइ खुलाउने लक्ष लिएका छन्।
पर्यटक का लागि ढोका खोल्नु एउटा कुरा हो, पर्यटक सुरक्षित (र आकर्षक) ठानेर आउनु अर्को कुरा हो। वर्ष मा एक दुइ पटक घुम्न का लागि युरोपेली हरु ले वर्षै भरि पैसा बचाउँदै आएका हुन्छन त्यसैले उनी हरु घुम्न जानका लागि अत्यन्तै आतुर हुन्छन। विशेष गरि वर्ष मा धेरै समय जाडो हुने उत्तरी युरोप का नागरिक हरु बढी समय न्यानो हुने दक्षिणी युरोप जान अति नै रुचाउँछन् अनि कैयौं देश यिनै पर्यटक मा निर्भर रहेका पनि छन्।
अहिलेको महामारी ले संसार का सबै देश को पर्यटन र सो संग प्रत्यक्ष सरोकार राखेका व्यवसाय लाइ थचुक्कै पारेको छ, कति उठ्न सक्ने छन् भने कति टाट पल्टिने संकेत देखिएको छ। यस्तै स्थिति लाइ मध्य नजर गरेर सुधारोन्मुख हेतुले थुप्रै देशले जुलाई देखि आफ्नो देशलाई पर्यटक को गन्तव्य मात्र बनाएका छैनन् तिनलाई लोभ्याउन कैयौं रचनात्मक सुविधा पनि दिने भनेर विज्ञापन गर्न शुरु गरेका छन्। इटाली को सिसिली टापू ले हरेक तिन रात बस्ने पर्यटक लाइ एक रात निशुल्क दिने लगायत संग्रहालय र प्रदर्शनी हरु निशुल्क साथै जहाज भाडा समेत आधा गरिदिने भनेर लोभ्याएको छ भने जापान ले पनि जहाज भाडा आधा गरिदिने भनेको छ। त्यस्तै मेक्सिको को क्यानकुन ले दुइ रात बस्ने पर्यटक लाइ अर्को दुइ रात निशुल्क दिने भनेको छ भने जहाज भाडा मा पनि केहि छुट दिने संकेत देखाएको छ। त्यस्तै इटाली ले सबै जनतालाई देश भित्रै घुमघाम गर्न पाँच सय स्थानिय रकम (युरो) दिने अनुमान गरिएको छ। शायद बेलायति लाइ भने घुम्न जान मात्र पाए हुन्छ, कुनै लोभ्याउने सुविधा चाहिन्न, आफू जाने ठाउँ मा स्वास्थ्य खाना, प्रशस्त बियर र वाइन, मोज मस्ती गर्न का लागि नाच्ने गाउने र पौडी खेल्ने ठाउँ भए पुग्छ।
अब नेपाल सरकार ले के गर्दैछ, सो आउँदो बजेट मा सुनिएला! एक एक बिलियन भन्दा बढी जनसंख्या भएका छिमेकी चीन र भारतका पर्यटक मात्रै लोभ्याउन सक्ने आकर्षक योजना राखिदिए राम्रो हुने थियो हाम्रो देशले! त्यसका लागि भारतीय र चिनिया पर्यटक के कस्तो वातावरण चाहन्छन्, सो बारे गहिरो अध्ययन गरेको विज्ञ सँग मिलेर रणनीति तयार गर्ने, चीन र भारतका सम्पन्न शहरमा विभिन्न तहका पर्यटक लाइ विभिन्न प्रयोजन लक्षित प्याकेज बनाएर विज्ञापन गर्ने, बूकिंग एजेन्ट हरु लाइ नेपाल सहज बनाउने, देशमा पर्यटन ब्युरोक्रेसी र रेड टेप हटाउने, भिसा शुल्क हटाउने वा घटाउने, प्रविधि प्रयोग गरेर हवाई तथा आन्तरिक यात्रामा चुस्त बनाउने अर्थात् समग्रमा पर्यटक मैत्री वातावरण बनाउने र सके सोझै यात्रा गर्न मिल्ने हवाई सम्पर्क गर्ने हो भने हाम्रा पर्यटन व्यावसाय पनि छिटै उकासिन्थे कि! यदि तपाईं आफै नै कुनै संघ संस्था को ओहदामा हुनुहुन्छ र खासै माखो मार्नु भएको छैन भने कोरोना पछि माखा मार्न पर्यो यदि आफ्नो औकात ले नसके सक्ने लाइ ओहदा दिन पर्यो, ओगटेर बस्न भएन।

