eNepal

हात्ती आयो हात्ती आयो फुस्सा

नेपाल ध्वजाबाहक जहाज दोश्रो पटक अस्ट्रेलीया आयो तर अहँ यो पटक पनि रित्तै फर्कियो।आफ्नै देशको जहाजमा नेपाल जान आतुर सैयौ नेपालीको नेपाल जान पाईने झिनो आश हिजो जहाज रित्तै फर्किएसँग बिलाएको छ।भाढा आफै तिर्छौ, नियम पूर्वक क्वारेन्टाईनमा आफै बस्छौ भनेर अपील गर्दा समेत कुनै टेडपुच्छर लागेन।

बिदेशमा बसेका नेपालीको अभिवावकको रुपमा रहेको राजदुताबासले सरकारको नितीनै अहिले बिदेशमा रहेका नागरिकलाई नेपाल नल्याउने रहेको र नेपाल सरकारबाट यसबारे कुनै निर्णय नभएको भन्दै अहिलेलाई लैजान नमिल्ने धारणा व्यक्त गरि सकेको छ। 

आखिरी किन बिदेशमा भएका नेपाली लैजान सकिदैन।  के ले रोकेको छ। जहाजको लाग्ने भाडा आफै तिर्छौ, नियम अनुसार चौध दिन क्वारेन्टाईनमा आफै बस्छौ भन्दा भन्दै किन लैजान नसकेको। बिदेशमा रहेका अधिकाँश नेपाली देश फर्कन आतुर छन्। अन्य देशले आफ्ना नागरिकलाई पहिलो प्राथमिकता दिएर धमाधम जहाज चाटर्ड गदै लगेको देख्दा देख्दै हाम्रो देशको सरकारले किन लैजान नमिल्ने कारण जनाउँदै आनाकानी गरि रहेको छ। 

नेपाल सरकार परराष्ट्र मन्त्रालयले विदेशस्थित कति नेपाली लकडाउनपछि तत्काल नेपाल फर्कन्छन् भनि दूतावासहरुसँग जानकारी माग्न सुरु गरिसकेको छ। 

अस्ट्रेलीयामा अस्थाई रुपमा बस्दै आएका अधिकांश बिधार्थीहरु र घुम्न आएका अभिवावकहरु अहिले परिस्थितीमा नेपाल फर्कन चाहेका छन।

त्यस्तै नेपाली विमानमा फर्कन पाऊँ भन्दै हाल अस्ट्रेलीयामा रहेका २ सय ८० भन्दा बढी नेपालीले नेपाली दूतावासमा औपचारिक अनुरोध समेत गरि सकेका छन्। विशेष गरी कोरोना महामारीबाट जागिर गुमाएका अनि जनवरी र फ्रेबुअरीमा अध्ययनका लागि अस्ट्रेलीया आएका विद्यार्थीहरु कोरोना समस्याले डराएको देखिन्छन्। 

नयाँ आएका विद्यार्थीहरुले काम सुरु नगरेकाले अब के हुने हो भन्ने अन्योलमा देखिन्छन्।  कोरोनाका कारण विश्वविद्यालयले अनलाइन प्रणाली मार्फत अध्ययन र अध्यापन सुरु गरेका छन् । यस्तो परिस्थितिमा खर्च धान्न गार्हो हुने र यो लकडाउन कहिले सम्म हुने हो सबै अन्यौलमा रहेका छन्। यसरी बस्नु भन्दा पनि नेपालमै गएर साम्य भएपछि बोरु आउँला भन्ने सोचाईमा केही विद्यार्थीहरु रहेका छन्।

जे होस् चाडै नेपाल जान चाहनेहरुलाई नेपाल लैजाने वाताबरण नेपाल सरकारले गरोस्। टिक्न सक्ने त टिक्लान्। नसक्नेले गर्ने के। भोकभोकै त कोही नबस्लान तर कोठा भाडा, कलेजको फी तिर्ने कसरी! अबिलम्ब यसमा सबै निकाएको ध्यान जाओस्। कुनै अप्रीय घटना सुन्न नपरोस्।

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal