eNepal

समाजसेवा गरेर नथाक्नेहरु

हामी यस्तो कल्चरमा हुर्कीयौ कि जे गरे नि जस नपाईने रहेछ।समाजसेवा भनेको टोक्नु न बोक्नुको सेवा रहेछ। न जस पाईदो रहेछ न स्याबासनै। आफ्नो घर परिवार कामलाई एकातिर राखेर समाजलाई केही भएपनि सानो होस् या ठुलो जत्रो भएपनि सहयोग गरौ न भनेर लागियो। बेकारमा लाग्या जस्तो भा छ आजकालहरु धेरै छन् हाम्रो समाजमा।खाली गाली मात्र पाईने रहेछ, ताली बजाउने कमै भेटीन्छन्। 

कुरो मनासिब पनि हो तपाईले गरेको सानो सहयोगले कसैको जिवनमा ठुलो प्रभाव पारेको हुन्छ तर यो समाजले तपाईलाई चिन्दैन। उ हेर न समाजसेवाको नाममा आफुलाई खुब आदर्शवादी ठान्दै हिडेको छ।कती न जाबो के गर्या थियो आफूलाई  हिरो बन्न ठान्छ भनेहरु बगरेल्ती भेटीन्छन्।

परेको बेला सानो एक मुठी चामलनै किन नहोस् त्यो सहयोगको मुल्य मुल्यहीन हुन्छ तर यहाँ जाबो एक मुठी चामल सहयोग के गरेको होला भन्नेको भीड बढि देखिन्छ। अनि सहयोग गर्नबाट टाढा हुन्छन् नि तिनैले हो है फेरी नानाभाँतीका आरोप र प्रत्यारोप लगाउने।

समाजसेवा गर्दा आफ्नो काम परिवार सबैलाई सम्झौतानै गर्न पर्छ तर धेरै त्यो सम्झौता मोलेर काम गर्दा पनि जस नपाएको देखेर हैरान हुनु स्वभाविकै हो।

अर्को तिर फेरी समाजसेवा गरे जसतो गर्ने हतार हतार फोटो खिच्न अगाडी सर्ने सामाजीक सन्जालमा यति लामो कथा लेखेर पोस्ट गर्ने तर माखो पनि नमार्ने पनि उत्तीनै मात्रा छन्। 

कोही नपत्याउनै पाराले समाजसेवा गरि रहेका हुन्छन् तर बजारमा देखिन रुचाउँदैनन्। न नामकै पछि दौडिन्छन् न गरेका कामको खोकाईनै हुन्छ।

नतमस्तक भएर समाजसेवा गर्ने फेरी एक छट्टै  हुन्छन्। न कुनै पाटीसँग संलग्न, न कुनै सँघ र सँस्थासँग आबद्दनै। उसले मात्र समुदाएको हकहितको लागि अरु केही परबाह नगरी काम गर्छ। कुनै समुदाएलाई एउटा लेभलमा पुर्याउँछ। तर उसले गरेको कामको न कुनै मुल्य हुन्छ न कुनै प्रोत्साहन नै। समाजसेवाको नाम जपेर पाटीको खोल ओडेकाहरुले टिक्न दिदैनन्। निस्वार्थ काम गर्नेहरु अनबरत काम गरी रहन्छन् तर ती व्यक्तिहरुको खुट्टो तान्ने प्रवृतीले उसलाई एक्लो बनाई दिन्छ तर बुझ्नेले भने तिनको कामको सधै कदर गरि रहन्छन्। 

समाजसेवा गर्यो उ हेर्त समाजसेवा गरेर डलर छापेको छ। होर्नुहोस् न मानिसको दृस्टीकोण। काम नगरी फेसबुकमा फोटो हालेको भरमा खान पुगेको छ।

एकथरी हुन्छन् आफ्नै गोजीको पैसा खर्च गर्ने, दारु पिउने, ठुला गफ लगाउने, यसो गर्यौ र उसो गर्यौ भनेर खोक्ने अनि खाएर ढ्याउँ आईन्जेल अरुको कुरा काट्ने अन्तिममा लर्बराउँदै सल्फी खिच्न अनि हाम्रो आजको बैठकले यो गर्ने यस्तो गर्ने निर्णय गर्यो भनेर दारुका बोतल अगाडीको फोटो सामाजीक सन्जालमा हाल्ने तर माखो नमार्ने। अनि पछि खाएको पिएको पैसा भागबण्डा गरेर तिर्ने। यस्तै हो जति कुरा गरियो उती गार्हो शव्द समाजसेवा।

Photo: Fotolia/Feodora

ईनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal