eNepal

अस्ट्रेलीयाको भिषा नलागेकाले हो अस्ट्रेलीया आएका माथि तथानाम भन्ने

अस्ट्रेलीयाको भिषा लाग्न पुर्पुरो ठुलै लिएर आउनु पर्छ। जो पायो त्यहिको कहाँ भिषा लाग्छ। कित त हिम्मत हुने को भिषाको लाग्छ कित किस्मत हुने को। हिजो एउटी बहिनी यसरी पड्कीन् की उसलाई नेपाल बसेर यहाँका बिधार्थीहरुलाई गाली गर्नेहरु देखेर बर्बण्डा तातेर आएको रहेछ। 

एकातिर बिदेश धेरैलाई रहर हैन कहर भएको छ। थोरै होलान् रहरले बाउ आमाको पैसा उडाउन आएका तर अधिकांस बिधार्थी आफ्नो भविस्य सुनौलो बनाउने अभिलाषाका साथ आएका हुन्छन्। 

अर्काको देशमा आएर दिन रात नभनी कलेज पढाई, कोठा भाडा, दैनिकी गुजारा चलाएर थोर बहुत जोगाएको रकम घर खर्च भनेर घरपरिवारको मुहारमा खुसी साट्न हजारौ नेपाली आफ्नो खुसीलाई दबाएर काम गक्न बिवश छन् यहाँ ताकि कोही कसैले देशलाई लत्याएर डलर कमाउन प्रवाश भासियो भन्ने अधिकार कोही कसैलाई छैन।

एउटा आलुको बोरामा एउटा आलु कुहियो भन्दैमा सबैलाई कुहियो भन्ने मानसिकताबाट कहिले हट्ने। एउटी केटी पिआरको पछि लागेर अङ्कलको उमेर समानका केटासँग बिहे गरी भन्दैमा के सबै केटी त्यस्ता हुन्छन्। सबैलाई एउटै दृश्टिकोणले हेर्ने कस्तो सङ्किर्ण मानसिकता बोकेका छौ हामी। 

यसो आँखा खोलेर हेर यहाँ कैयौ केटीहरु आफै जिवनसँग सङ्घर्ष गरेर पढ्दै घर र परिवारलाई हेर्नहरु प्रसस्तै छन्। घरको व्यबहार चलाएका छोरीहरु धेरै छन्। पढाई सकेर आफुले रोजेको अनि घर परिवार खुसी भएर विबाहा गरेका छोरीहरु धेरै छन्। आफ्नै मेहिनत, परिश्रम, त्याग र तपस्याले पढाई सिध्याएर, भनेको ठाउँमा काम गरेर पिआर हात पारेर ग्रेजुएसनमा आमाबालाई बोलाएर अस्ट्रेलीया घुमाएर पठाउने पनि मनग्य छन्। 

अस्ट्रेलीया गएका केटी भनेपछि तिमीहरुनै र्याल झार्ने, पछि पर्ने, फलो गर्ने, खोजी खोजी फ्रेन्ड रिक्वेस्ट पठाउने अनि म्यासेज गर्ने। जान मात्रै पाए हुन्छ भनेर बोरुमा यति र उती खर्च गर्छु भन्ने तिमीहरुनै हो। आफुले कोशिस गर्दा नसके पछि कसैको पछि लागेर भए पनि जान तम्सिने तिमीहरुनै। अनि कसैले बाल नदिए पछि उनीहरु नानाभाँतीको रिस थुपार्ने पनि तिमीहरुनै।

खराब यहाँ व्यक्ति होईन तिमीहरुको घृणीत सोचले मानिसलाई खराब बनाई रहेको छ। सबैलाई एउटै हैसियतले हेर्ने तिमीहरुको मानसिकतामा जब सम्म परिवर्तन हुँदैन तब सम्म हरेक बिदेशमा दुख गरेर आफ्नो ईज्जत, प्रतिष्ठा राखेर बसेका तमाम चेलीहरुलाई नराम्रै नजरले हेरिरहन्छौ। ग्रोअप गाईज्।

मनोज पौडेल हाल अस्ट्रेलीया

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal