प्यारा छाेरी र छाेरा,
शुभ-आशिष ।
सन्चै छाै । तिम्राे सुस्वास्थय, प्रगति र उन्नतिकाे कामना गर्दछु । तिम्रा विषयमा त्यता र यताका विभिन्न सन्चारमाध्यमबाट केही नचाहिने कुरा पढे । ती सबैलाई साेध्न सक्ने कुरा पनि भएन,धमिलाेमा माछा मार्ने केहिकाे वानि हुन्छ त्यहि ठाने। याे पत्र लेख्न ढिला भएकाेमा माफ गर ।
COVID-19 का कारण तिमी जस्तै self Isolation मा छु ।यस विषयमा तिमी धेरै जानकार र सचेत छाै । राेग नियन्त्रणकालागी नेपाल सरकारले धेरै प्रयास गरेकाे छ ।यसकाे उपचार सामाग्री खरिद प्रकृयामा विवाद देखिन्छ। भ्रष्टाचारले सबैक्षेत्रलाई गाज्दै गएकाे पाईन्छ।
अस्ती नेपालमा रहेका अष्ट्रेलियन नागिरकलिएर जाहाज त्यता उड्याे तर तिमीले चाहेर नेपाल अाउन सकेनाै, रित्तै जहाज फर्क्यो। धेरै दुखित भए। हेर ! घरकै करेशामा आएका तिमी जस्तै धेरै दाई भाई बैनीहरू आफनाे घर छिर्न सकेका छैनन । तिनकाे दुखःकष्ठले मेराे मुटु छिया छिया भएकाे छ आखाँ रसाई नै रहेका छन । किन यसाे भन्दा Covd मा “भावना”ले संक्रमणकालकाे व्यवस्थापन हुन्न भन्ने नेपाल सरकारकाे जवाफ छ।
अष्ट्रेलियन सरकारले मानवियताका आधारमा केही राहत तिमीलाई पनि दिन्छ की भन्ने अनुमान थियाे । तर, आफना नागिरक, न्यूजीलैण्डर र पि.आर. लाई मात्र दिएछ । यस नितिले तिमीलाई चिन्तित वनाएकाे हाेला तर नहुनु । राज्यले नागिरक र गैर नागरिकका लागि समान हक अधिकार प्रदान गर्दैन । याे स्वाभाविक हाे ।
मेरा प्यारा सन्तान,
समंक्रमणकालमा समाजका केही स्वमान्यहरू; आफूलाई पराेपकारी र समाजसेवककाे ढाेल पिटाउदै तिमीलाई विभिन्न प्रकारका चटके सहयाेग र सुविधा दिने भनि प्रभाेलन दिन सक्छन। चर्का र आकर्षक नारा वनाउन सक्छन । तिम्रा identification माग्न सक्छन । तिम्रा नाम आफ्नाे स्वार्थ र व्यापार व्यवसायकाे हितकारी विज्ञापनमा भजाउन सक्छन । यसले तिमीलाई भविश्यमा समेत असर गर्न सक्छ । आशा छ, तिनकाे भडकाउ र तिनकाे कमाई खाने भाडाे तिमी हुन्नाै । याे समयमा तिम्रो आत्मासंमान र स्वाभिमानी साेचकाे परीक्षण हुन्छ ।
प्यारा मुटुका टुक्रा,
तिमीले मैले भन्दा धेरै बुझेका छाै । काम छैन, दैनिकी र पढाइ खर्च कसरी पुरा गर्ने विषयमा चिन्ता नगर । याे समस्या तिम्रो मात्र हैन, नेपाल सरकारले पनि यस विषयमा केहि सहयाेग गर्ला। वास्तविक पराेपकारी मनहरूकाे सहयाेग पनि पाईएला । ढिलाे चाडाे अष्ट्रेलियन सरकारले पनि संवाेधन गर्ला । जहाँ समस्या त्यहा उपाय भनेझै जे जसरी पनि तिम्रो पढाई पुरा हुन्छ। तिम्रा सिमा र क्षमता मलाई राम्रोसग थाहा छ । याद गर, तिमी असल र ईमान्दार भयाै भने मृत्युशैयामा पुग्दा समेत मेराे मुहार हसिलाे रहन्छ, खराव र वदमास भयाै भने आर्जीत मान, संम्मान नष्ठ हुनुका साथ कष्ठसाथ खाई नखाई जाेह गरेकाे याे सम्पतिकाे के काम? याे सबै तिम्रालागी हुन। तिमी भन्दा बहुमुल्य मेराे लागी अरू केहि छैन । आफनाे स्वास्थ्यकाे ख्याल राख्दै आफनाे उदेश्यमा निरन्तर लागी रह। मलाई तिम्रो सधै अभाव र खाचाे अनुभव हुन्छ ।
अन्तमा: तिमीलाई अंगालाेमा राख्न मन छ, मुख सधै हेरीराै लाग्याछ। तर, परदेश (अष्ट्रेलिया) मा छाै । वारम्वार कुरा समेत हुन सक्दैन । तिमीलाई अनुराेध छ: तिम्रा परा-पू्र्खा देखि कायम रहेकाे स्वाभिमानी, ईमान्दारी, परिश्रमी र पराेपकारी आचरण र स्वाभावलाई अष्क्षूण राख । धर्य, संयम र साहस कायम राख । त्यहाँ दुख/सुखमा तिमीलाई सहयाेग र सहायता दिने विश्वासिलो र भरपर्दो अभिभावीय संस्था नेपाली राजदूतावास छ । समस्या र अप्ठ्यारोमा सहयाेग लिन सम्पर्क गर । त्याे तिम्रो हक र कर्तव्य हाे । NRNA ले पनि विद्यार्थीलाई भात,भान्साकाे व्यवस्था र काेठा वन्दाेवस्थ गरेकाे छ भन्ने पढ्याछु, तिमीले जानकारी पाएकै हाैला । राम्रो काममा साथ दिनु। साथै, अष्ट्रेलियन सरकारकाे नियम कानूनलाई पुरै पालना गर । यताकाे केहि चिन्ता नलिनु COVID-19 बाट सुरक्षीत रहनु । लेख्न त धेरै मन थियाे । सधै असल,खुसी र सुखि रहुँ । लेखाई लामाे भए क्षमा गर।
उही मायालु आमा
२३ चैत्र, २०७६
नेपाल ।
लेखक: राजन ढुङ्गेल

