eNepal

कोरोनाका बिरामी अस्पताल आउँदा ८ तले अस्पतालनै खाली!!

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड१९) का कारण संसारभर त्रास फैलिरहेको यतिबेला

कोरोना भाइरसका कारण मंगलबार भारतको जयपुरस्थित प्रतापनगरमा एक अनौठो घटना घटेको

प्रतापनगरको राजस्थान युनिभर्सिटी अफ हेल्थ साइन्सेज (आरयूएचएस) मा घटेको घटना हो यो कोरोना भाइरसको आशंकामा एक विरामी अस्पतालमाआउनासाथ त्यहाँ रहेका सबै विरामी अस्पताल छाडेर भागेको विविसीले जनाएको

ती विरामी मंगलबार उक्त अस्पतालमा पुगेका थिए उनलाई उक्त अस्पतालको २८६ नम्बरको मेल वार्डमा भर्ना गरिएको थियो विस्तारै उनलाई कोरोनाभाइरस संक्रमणको आशंकमा अस्पतालमा भर्ना गरिएको कुरा अस्पतालभरी फैलियो अनि सबै विरामी अस्पतालबाट भागेको बताइको अस्पतालमारहेका कर्मचारीहरु पनि उनीसँग डराएका थिए यति मात्र होइन, ती विरामीलाई जाँच गर्न डाक्टर नर्स पनि उनलाई जाँच गर्न नगएको बताइएको एकैछिनमा कोरेनाको त्रास खबर आगोसरी यसरी फैलियो कि, अस्पतालको वटै तलमा रहेका विरामी निस्कीएका थिए

भर्ना गरिएका कोरोना भाइरस पीडित भनिएका विरामी चिच्याउँदै आफ्नो उपचारका लागि डाक्टरहरुसँग अनुरोध गरिरहेका थिए तर भाइरस संक्रमण हुनेडरले उनीहरुले उनको चिच्याहट सुनेको नसुन्यै गरेर बसेको बताइएको

ती विरामी अस्पतालमा पुगेपछि ओपिडीमा ५६० विरामी उपचारका लागि नाम लेखाएका थिए ती विरामी भर्ना भएको पछिल्लो दिन बुधबार उक्तअस्पतालमा एकजना पनि विरामी नगएको बताइएको

यसबारेमा अस्पतालले बोल्न नमानेको बिबिसीले जनाएको ती विरामीको हेरचाह गरिरहेका नर्सिङ कर्मचारीले आफूहरु यस्तो परिस्थितिसँग जुध्नतयार रहेको तर आफूहरुको साथमा किट पनि नरहेको अस्पतालको आइसोलेशन वार्डमा आवस्यक सामान नरहेको बताएका छन् हाम्रो पनि शरीर हो हाम्रो पनि परिवार छन् डाक्टर कोरोना भाइरस संक्रमित भनिएका व्यक्तिका नजिक जान मानिरहेका छैनन् हामी नर्सिङ कर्मचारीलाई मात्र जानभनिएको

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

enepal