eNepal

पादको गन्धले लामखुट्टे मरेपछि पाए यी व्यक्तिले पाद्‍ने जागिर !

एक व्यक्तिको विषाक्तका पादका कारण लामखुट्टै मरेका छन् । यो सत्य घटना हो । ती व्यक्तिको पादको विषाक्तका कारण लामखुट्टे मरेपछि वैज्ञानिकहरुले पादमा पाइएको रसायनबारे अनुसन्धान सुरु गरेका छन् ।

ती व्यक्तिले पादेपछि त्यसको असर ६ मिटरसम्म फैलिने गरेको छ । पादको विषाक्त फैलिएको ठाउँमा लामखुट्टेलगायत विभिन्न स-साना किराहरु मर्ने गरेका छन् । द मिररकाअनुसार यी व्यक्तिले आफ्नो पादका कारण लामो समयदेखि स–साना किराहरु मर्ने गरेका बताएका छन् ।

अफ्रिकाको युगाण्डाका ४८ वर्षीय वामिरामाको पादले लामखुट्टे मरेको हो । पादले लामखुट्टे मरेपछि एक कम्पनीले उनलाई एक कोठामा राखेर पाद संकलन गरेको छ । उनी जागिरेका रुपमा कोठामा जाने र पाद्‍ने गर्छन् ।

कम्पनीले पादबाट नयाँ किटनाषक औषधि बनाउने विषयमा अध्ययन गरिरहेको छ । अरु केही वैज्ञानिकलेसमेत पादको अध्ययनका लागि रकम दिएर उनको पाद लगेर गएका छन् ।

पादका कारण युगाण्डाका यी व्यक्तिले आफ्नो गाउँलाई मलेरिया मुक्त बनाइसकेका छन् । पादमा पाइएको विषाक्त ग्यासका कारण आफ्नो गाउँ मलेरियाबाट मुक्त भएको स्थानीयले बताएका छन् ।

यी व्यक्तिले सामान्य खानेकुरा खाने गरेको बताएका छन् । दैनिक नुहाउने उनी जहाँ गएर पाद्‍ने काम गर्छन्, त्यहाँका लामखुट्टे मर्ने गरेको स्थानीयले बताएका छन् ।

स्थानीय नागरिकले लामखुट्टेको समस्या भएमा उनलाई आफ्नो घरमा बोलाउने गरेका छन् । यी व्यक्तिले पादेको लामो समयसम्म पनि लामखुट्टे उक्त ठाउँमासमेत नजाने गरेको स्थानीयको भनाइ छ ।

Related posts

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

enepal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

enepal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

enepal

अमेरीकाका रास्ट्रपतिले मनाए दिपावली

enepal

यूकेको रेड लिष्टबाट नेपाल पनि हट्यो

enepal

गैर आवासीय नेपाली संघ, बेल्जियम निर्वाचन घटनाको नालीबेली, भएको रहेछ यस्तो

enepal