हामी नेपाली रोजगारीको लागी देश बिदेश जाने गर्छौं नेपालमा बस्ने वातावरण नै छैन भन्छौं हुन पनि हो, सरकारी कार्यालय जाउ अस्त ब्यस्त, देशको हाल मेरो अस्त ब्यस्त र नेपालको राजनीति हेरौ अस्तब्यस्त तर म समस्या तिर जादिन र जान पनि चाहान्न!
म पनि रोजगारीको सिलसिलामा ship(पानीजहाज) मा रोजगारीको लागी गाए नेपालीहरुले पाउने भनेकै धेरै तेहि त हो जागीर ( भाडा हानेर ट्वाइलेट हान्ने ) म पनि लागे भाडा हान्न मासिक तलब नेपाली 70 हजार मा पहिले हुँदै 1 लाख सम्म पुग्यो करिब 2 बष रोजगारी को सिल सिलाम थुप्रै देश घुम्न पाइयो यसै सिल सिलामा Cambodia देशमा पुगियो हामी ship बाट showerleav( बाहिर घुम्न ) जान पाइन्छ म पनि एक्लै घुम्न निस्किएको थिए नेपाल जस्तै अस्त ब्यस्त रैछ स्थिति, घुम्दै गर्दा भोक लाग्यो खाजा खान ठाउँ खोज्दै थिए म सस्तो र मीठो के खान पाइन्छ भन्दै हिडेको थिए रोड को साइडमा एउटा भ्यान जस्तोमा Sea food बेच्ने मेरै उमेरको जस्तो देखिने केटो रैछ मैले एक छिन कुरा गर्य english पनि राम्रै रैछ यत्रो बेर कुरा गरे नाम सोधन भुलेछु food पनि मीठो रैछ! त्यहाँ बाट बिदा भएर आफ्नो काम गर्न ship मा आइयो मलाई यहाँ यसरी दुख गरेर केही हुनेवाला छैन अब आफ्नै देश फर्केर केही गर्छु सोचेको थिए, कम्पनीले छुटिमा भनेर घर पठायो आर्थिक समस्या देखी नेपालमा केही गर्ने छट्पटी जागीर त म खादिन अब सोची सकेको थिए ठूलो ब्यबसाय गर्न पुजि छैन मेरो यता उता गर्दा गर्दै छुट्टी सकिन लाग्यो बिदेश जानै पर्ने स्थिति आयो तर मन मनेकै थिएन फेरि फर्केर जादिन म भनिरहेको थियो यसै सिलसिलामा Ashika Tamang mam सङ्ग 3 दिन अगाडी फेरि दोश्रो पटकको wrr eventमा भेटघाट भयो मेरो दुख पीडा सुनाए म पर्सि बिदेश जाँदै छु पनि भन्य त्यो दिन उहाले किन जानू पर्यो भनु भयो खसै कुरा भएन भोलि पल्ट बोलाएर तिमी नेपालमै काम गर म फाउन्डेसन खोल्दै छु यसैमा काम गर तिम्रो समस्या म हेर्छु मैले सकेको भन्नू भयो र flight हुने दिन हामी पुन भेटघाट गरौं foundation को बारेमा छलफल गर्न, तर मलाई manpower बाट फोन आको आइ थियो म जादिन अब बिदेश भन्न पनि सकेको थिइन पछि फोन उठाएर के के वाहान बनाइ cancel गरे अब नेपालमै केही गर्ने जोस र जागर जागेर आयो साथ र सहयोग गर्ने मान्छेपनि भेटे अशिका म्यामले फाउन्डेसन green and clean खोल्ने भन्नू भयो मैले green and clean ashika foundation राखौं भने यसैमा समर्थन गरेर हामीले फाउन्डेसन खोलेर अगाडि बढेउ, ashika म्याम केही समय पछि कर्मथलो जर्मन जानू भयो म नेपालमा फाउन्डेसन हेर्न थाले केही महिना पछि पुन आशिका म्याम नेपाल आउनु भयो, एउटा सस्था चलाउन धेरै गाह्रो हुदो रैछ यसै गरि आफ्नो परिवार पाल्न नसकिने हामी कसै सङ्ग पैसा माग्न पनि नसक्ने मैले अब फाउन्डेसन बाट समाजसेवा गर्ने र ठेला बाट आफ्न खर्च उठाउने सोचले परिवारको साथ र सहयोगमा ठेला ब्यापार सुरु गर्य कलंकी चोकमा यो ठेला मैले मेरो आमि बुबाले चलाउदै आउनु भएको छ, यता आउँदा समय मिलाएर खाजा खान आउनु होला है , अब दुख सुख नेपालमै गर्ने हो मोर्न परे नेपालमै मर्ने हो !! दिन भरी फाउन्डेसनको काममा सहयोग बेलुकी पख ठेला ब्यापार !!!
साभार

