eNepal

सागमा नेपालले आठ स्वर्ण थप्दै शिर्ष स्थानमा कायमै

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेस्रो दिन आठ स्वर्ण थप गरेको छ ।

दोस्रो दिन १५ स्वर्ण जितेको नेपालले तेस्रो दिन आठ स्वर्ण जितेको हो । नेपालका लागि उसुमा दुई स्वर्ण थप भएको छ । विजय सिञ्जाली र सुस्मिता तामाङले उसुमा स्वर्ण जितेका हुन् ।

तेक्वान्दोमा काजल श्रेष्ठ र वीरबहादुर महराले स्वर्ण जिेत भने कराँतेमा नविन रसाइली र सनिता महर्जनले स्वर्ण जितेका छन् ।

सन्तोषी श्रेष्ठले एथ्लेटिक्सतर्फ कीर्तिमानी स्वर्ण जितिन् । एथ्लेटिक्सको महिला तर्फ उनले पहिलो स्वर्ण जितेकी हुन् । सन्तोषीले भारतीय खेलाडीलाई जितेकी हुन् । उता, पोखरामा ट्रायथलनको दुवाथलनमा हिमाल टमाटाले स्वर्ण जिते ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal