eNepal

दशरथ रङ्गशालाको सिट क्षमता घट्यो

नेपालको जनसंख्या बढेको बढ्यै छ । खेलप्रेमीहरुको संख्या पनि बढेकै छ । तर, देशको मुटु त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको सिट क्षमता घटेको घट्यै छ ।

वि.स. २०१३ मा निर्माण गरी २०१५ मा खोलिएको रङ्गशालामा त्यतिबेलाको क्षमता ४१ हजार थियो । तर, रङ्गशालालाई आधुनिक बनाउने भन्दै तीनपटक पुननिर्माण गरियो । जतिपटक पुर्ननिर्माण गरियो त्यति नै पटक क्षमता घटाइयो ।

दशरथ रङ्गशालाको पहिलोपटक पुननिर्माण गर्दा ३० हजार क्षमतामा झारियो । २०५५ मा रङ्गशाला पुननिर्माण गरियो । २०५६ मा सार्क खेलकुद आयोजना गर्न पुननिर्माण गर्दा क्षमता कम गरियो । २०६८ मा एएफसी च्यालेन्ज कमका लागि पुननिर्माण गरियो । त्यसपछि क्षमता १८ हजार बनाइयो ।

२०७२ सालको भूकम्पले क्षति पुगेपछि अन्तर्राष्ट्रिय स्तरको बनाउँदा २५ सय सिट घटाइयो । अहिले रङ्गशालाको क्षमता १५ हजार पाँच सयमा झरेको छ । छ दशकमा रङ्गशालाको क्षमता आधाभन्दा बढी घटेको छ । तर, सरकारले नयाँ रङ्गशाला निर्माणमा तदारुकता देखाउन सकेको छैन ।

६३ वर्ष पुरानो रङ्गशालालाई नै प्रयोगमा ल्याएको छ । शहिद दशरथ चन्द ठाकुरको स्मृतिमा रङ्गशाला निर्माण गरिएको हो ।

यो रङ्गशालाले विभिन्न अन्तर्राष्ट्रिय खेलको आयोजना गर्यो । यसैमा विभिन्न स्टेज शो देखि राजनीतिक दलको कार्यक्रम समेत गरियो । कतिपय नाम चलेका नेताहरुको अन्तिम श्रद्धाञ्जली समेत यसै रङ्गशालामा भयो । यी रङ्गशालामा १३ औं दक्षिण एशियाली खेलुकदेको १४ मंसिरमा उद्घाटन हुँदैछ ।

देशमा छ दशकबीच राजनीतिक उलटपुलट भइरहे । तर, नयाँ रङ्गशाला बनाउने क्षमता कसैले देखाउन सकेनन् ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal