रोहित अधिकारीको पहिलो चलचित्र ‘गाजलु’ प्रदर्शनको पूर्वसन्ध्यामा छ ।नेप्ले ईभेन्ट्सले प्रदर्शन गराउन आँटेको गाँजलु नेवारी परम्परामा रहेको कुमारी चलन, कुमारी बनेकी युवतीसँग कुनै केटाको सम्बन्ध हुने नहुने भन्ने अन्धविश्वास र त्यसपछि आउने घटनाक्रमा आधारित छ।अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही आदि कलाकारको अभिनय रहेको छ।यस चलचीत्रले मनोरन्जनको अलबा केही सामाजिक सन्देशपनि दिन खोजेको छ।
बिशुद्ध ग्रामीण परिवेश र नेपालको १० वर्षे जन युद्दको कथालाई लिएर बनाईएको नेपाली चलचीत्र रोल्पा रोगपनि मेल्वोर्नमा प्रदर्शन हुँदैछ।रोल्पा रोग हिमाली कल्चरल ग्रुपले ल्याउँन आटेको हो र यसको प्रदर्शन ईस्टोनीया हाउसमा हुँदैछ।साथमा स्थानीय कलाकारहरुबाट प्रत्यक्ष दोहोरी र हाँस्यव्यङ्ग्य प्रहसन पनि हुँदैछ। द्वन्दकालमा रोल्पामा भोगीएको कथानै रोल्पा रोगको कथा हो। दिपक ओलीले निर्देशन गरेको यो चलचीत्रमा कुल्दिप अधिकारी, जनक घर्ति मगर, बिनु खड्का लगायतका कलाकारहरले अभिनय गरेका छन् ।


