eNepal

नेपाली महिला भलिबल टिमको ऐतिहासिक सफलता

नेपाली महिला भलिबल टिमले ऐतिहासिक सफलता हासिल गरेको छ ।

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेक्रममा नेपालले बंगलादेशमा बिहीबार सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको हो ।

फाइनलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सेटमा हराएको हो ।

पाँच राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।

नेपालले लिग चरणमा माल्दिभ्ससहित बंगलादेश, कीर्गिस्तान र अफगानिस्तानलाई हराएको थियो ।

यो उपाधि हासिल गरेसँगै नेपाल मंसिरमा घरेलु भूमिमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को उपाधिको प्रमुख दाबेदार बनेको छ ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal