eNepal

रहरको शहर अस्ट्रेलीया – भाग १

रिना अस्ट्रेलीया जाने मनस्थितीमा पुगीन्। घरबाट पैसो जोहो गर्ने हिम्मत थिएन। उसले आफ्नो व्याई फ्रेण्ड रमेशलाई कुरा गरिन्। रमेश बैकमा क्यासियर थिए। केही पैसा बचत गरेका पनि रहेछन्। पुगे पछि डिपेन्डेन्ट भिषा हाल्छु भनेर रमेशसँग पैसा मागिन्। अहिले सँगै हाल्यो भने दुबैको रिजेक्ट हुने सम्भावना बढि हुन्छ। गएर तिन महिनापछि त्यहिबाट भिषा हाल भनेर कन्सल्ट्यानसीले भन्देछ। डिपेन्डेन्ट भिषा दिन गार्हो बनाएको छ भनेर लाई दिएछन्। एक बर्षको लागि कलेजको फि लगाएत सबै खर्च रमेसलेनै दिएछ। रिनाको भिषा लाग्यो। रिना अस्ट्रेलीया उडिन्। रमेश पनि जागिर छोडेर अस्ट्रेलीया जाने तर्खरमा लाग्यो। कहिले तिन महिना बित्ला र एप्लाई गरौला भनेर बसेको थियो रमेश। रिनाले तिन महिना जसोतसो बिताईन्। भिषा हाल्न केही खर्च लाग्ने रहेछ भन्दै फेरी रमेशसँग केही पैसा झिकाईन्। भिषा एप्लाई गरिन्। अव भिषा कहिले लाग्ला भनेर दुबैले दिन गन्न थाले। आज भन्दै भोली भन्दै दिन महिना बित्दै गयो। उता रमेश जागिर छोडेर हरिलन्ठु भएर हिड्न थाल्यो।यता रिना बिस्तारै अस्ट्रेलीयाको हावापानीमा घुलमिल हुन थालिन्, रमाउन थालिन्। 

साथीहरु बनिन थाले।बिचारा रमेशको केवल भिषा कुर्ने काम सिवाय केही भएन। नभन्दै रमेशको भिषा रिजेक्ट भयो। उ अहिले तनाबमा छ। यता जागीर चैट। उता पैसा चैट। एक बर्षको कलेज फि हाल्देको प्रेमीकासँग पैसा कसरी फिर्ता माग्ने। बढो दोधारमा छ रमेश। अव हेर्दै जाउँ रिना र रमेशको कथाले के के मोड लिन्छ अर्को भागमा। 

रविनको लव परेको नौ बर्ष भएको थियो। बेला भा छैन भनेर बिहे नगरि बसेका थिए रिलेसनसीपमा। आजकालको लव बच्चा उमेर यानिकी चार पाँच कक्षा पढ्दा ताकै पर्छ घोर कलीयुग न पर्यो। वार्ह सकेर बेच्लर पढ्नै लाग्दा अस्ट्रेलीया जाने निधो गर्यो रविनले। कागजपत्रको जोहो गर्यो। भिषा लाग्यो। सुसीला नर्सिङ पढ्दै थिईन्। पढाई सकेर जाने सल्लाह भयो।दुवैको लङ डिस्टेन्स रिलेसनशीप। फोनमा कुरा हुन थाल्यो। रविन बिस्तारै काम, पढाईमा व्यस्त हुन थाल्यो। कुरा गर्ने क्रम बिस्तारै घट्न थाल्यो। कहिले काँही व्यस्तताले रविनले फोननै नउठाई दिने, कहिले फोन काटी दिने गर्न थाल्यो। सुशिलालाई रिस उठ्नु स्वभाविक थियो।

समय क्रमै बित्न थाल्यो। रविनले खासै चासो देखाएको भान भए पछि सुशीलाले पख तैले खोजेको यहि होईन भनेर एउटा केटासँग बसेको फोटो प्रोफाई पिक्चर राखी लेख्दै व्यिथ डा….। केटोले फेशबक खोल्यो। छाँगाबाट खस्यो। फोन लगाउने चेस्टा गर्यो। म्यासेन्जरका फोन गर्यो, स्काईपमा ट्राई गर्यो। अहँ फोन कतै लागेन। त्यो तनाबले यता रबिन काम जान छोड्यो। साथीहरुसँग मेरो १० बर्ष देखी लब परेकीले धोका दिई भन्दै आलापबिलाप गर्न थाल्यो। त्यहि रन्कोमा टिकट काट्यो। नेपाल गयो। नेपाल गएर केटीको घर गयो बा आमालाई लिएर। बिहेको कुरो गर्यो। शुसीलाले पनि केटोलाई पाठ सिकाउन त्यो जुक्ती बुनेकी रहिछ। गएको हप्ता दिनमै ईङगेजमेन्ट गर्यो। अहिले डिपेन्डेन्ट भिषा एप्लाई गरेको छ। पर्खाईमा छ शुसीलालाई अस्ट्रेलीयामा स्वागत गर्नलाई।

नुवाकोटका विवाहित युवाले काठमाडौंकी युवतीसँग फेसबुकमा चिनजान गरे । आफू अविवाहित रहेको र राम्री युवती पाए घरजम गरी अस्ट्रेलिया जाने बताए । युवतीलाई विदेशको मोहले तान्यो । असार दोस्रो साता सुन्धारामा भेटे । दुई रात सँगै बिताए । युवक शौच गएका बेला युवतीले उनको मोबाइलमा धेरै युवतीको अश्लील फोटो देखिन् । उनले यसबारे सोध्दा युवकले धम्की दिए, ‘यी फोटा गुगलबाट डाउनलोड गरेको हुँ । बढी बोलिस् भने तेरो पनि फोटो खिचेको छु । सार्वजनिक गरिदिन्छु ।’

युवतीले महाशाखामा उजुरी दिएपछि ती युवक पक्राउ परे । नुवाकोटमा पहिल्यै उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोली उनलाई लिन महाशाखा पुगेको थियो । प्रहरी अनुसन्धानका अनुसार ती युवकले अर्की दुई युवतीलाई पनि अस्ट्रेलियाको प्रलोभन देखाएर यौनतृष्णा मेटेका थिए ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal