eNepal

‘कबड्डी कबड्डी कबड्डी’ सिड्नीमा पनि ।

देबराज दुलाल इ- नेपाल
सिड्नी अस्ट्रेलिया

 

रामबाबु गुरूङ्ग द्वारा निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ अष्ट्रेलियाको सिड्निमा पनि प्रदर्शन हुने भएको छ । सिड्नीको बरुड इभेन्ट्स सिनेमामा यही सेप्टेम्बर २० देखि २२ सम्म प्रदर्शन हुने प्रदर्शनीका व्यवस्थापक नमस्ते ईन्टरटेनमेन्टले जनाएको छ । चलचित्र कबड्डी नामक को यो तेस्रो सिक्वेलमा पनि नायक दयाहाङ राइ नै छन् भने उनिसँग यसपटक नायिका उपासना सिंह ठकुरीले स्क्रिन सेयर गरेका छन् ।

नायक कर्माका साथमा अन्य कलाकारहरू बुद्धि तामाङ्ग, विल्सन विक्रम राई, बिजय वराल लगायतलाई चलचित्रमा देख्न सकिनेछ । बाँसुरी फिल्मस्को निर्माण तथा माउन्टेन स्टोरिजको सहकार्यमा बनेको यस चलचित्रलाई निर्देशक रामबाबु गुरूङ्ग र लेखक उपेन्द्र सुब्बाद्वारा लेखिएको हो भने मणिराम पोखरेल, अर्जुन कार्की र ओम रौनियार निर्माता रहेका छन् भने शैलेन्द्र डी कार्कीको छायाँकन, निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले चलचित्रको सम्पादन गरेका हुन् ।

कबड्डीको यस अघिका दुवै सिक्वेल लोकप्रिय बनेको थियो । सिड्नीमा विभिन्न इन्टेरटेनमेन्ट इभेन्टहरू सञ्चालन गरिरहेका नमस्ते इन्टरटेनमेन्टले नेपाली दर्शकहरूका लागि सेप्टेम्बर २० देखि २२ सम्म नै बरुड इभेन्ट्स सिनेमामा साँझ ६ः३० बजेदेखि चलचित्र प्रदर्शन हुने र bookyour ticket.com.au बाट चलचित्रको टिकट अग्रिम बुकिङ गर्न सकिने बताईएको छ ।

के छ ‘कबड्डी कबड्डी कबड्डी’ मा ?
‘फिल्म फेरिपनि काजीकै सेरोफेरोमा छ । यसपटक पात्र थपिएका छन् , उनका बेग्लै कथा छन्’। फिल्ममा यसपटक कर्मा र उपासना सिंह ठकुरी थपिएका छन । उपासना पनि काजीको सोल्टिनी नै छिन् । काजीको मायाबाट प्रभावित उनि आफै मायामा पर्छिन् । तर , काजी मैया कै पर्खाइमा छन् । ‘काजीको प्रेम त चोखो होनी तर शैली मात्र मुढे हो’ दयाले भने ‘काजीले हकदावी गरेर मैयाले झर्को मानेकी हुन्।
उनि अझै मैयाकै पर्खाइमा छन् । त्यसमा नयाँ पात्रको प्रवेशले झनै रोमान्चकता थपेको छ । ‘काजी जस्तो छ त्यस्तै छ , बदलिएको छ त परिवेश। फिल्मले नेपालको हिमाली भेगको सुन्दरता पस्केको छ।

‘फिल्म फेरिपनि काजीकै सेरोफेरोमा छ । यसपटक पात्र थपिएका छन् , उनका बेग्लै कथा छन्’। फिल्ममा यसपटक कर्मा र उपासना सिंह ठकुरी थपिएका छन । उपासना पनि काजीको सोल्टिनी नै छिन् । काजीको मायाबाट प्रभावित उनि आफै मायामा पर्छिन् । तर , काजी मैया कै पर्खाइमा छन् । ‘काजीको प्रेम त चोखो होनी तर शैली मात्र मुढे हो’ दयाले भने ‘काजीले हकदावी गरेर मैयाले झर्को मानेकी हुन्।

उनि अझै मैयाकै पर्खाइमा छन् । त्यसमा नयाँ पात्रको प्रवेशले झनै रोमान्चकता थपेको छ । ‘काजी जस्तो छ त्यस्तै छ , बदलिएको छ त परिवेश। फिल्मले नेपालको हिमाली भेगको सुन्दरता पस्केको छ। बाबा एडुकेसन कन्सल्ट्यन्सि द्वारा स्पोनसर गरिएको येस फिलिम मा सबैले एक पटक हेर्ने पर्ने जनाएका छन्

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal