eNepal

तीजमा हरियो चुरा लगाउनुको महत्व

साउन महिना भगवानको पूजा अर्चना गरेर उनलाई प्रसन्न गर्ने कोशिश भक्तहरूले गर्छन् । 

यस पावन महिनामा धर्तीमा चारैतिर हरियाली देखिन्छ । भोलेबाबाका भक्तहरूले हरियो रंगको कपडा लगाएर पूजा गर्छन् । 

महिलाहरूले हातमा हरियो चुरा लगाउने गर्छन् । के हो त यस महिनामा हरियो रंगको महत्त्व ?

ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ । 

विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । अनि हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ । 

बुध ग्रहको असर व्यक्तिको करीयर र व्यवसायमा सीधै पर्छ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुन्छ । 

भगवान् शिव योगी हुनुहुन्छ । योगी भएका कारण उहाँलाई प्रकृतिको सुन्दरताका बीच रहेर ध्यानमा बस्न एकदमै मन पर्छ । हरियो रंग लगाउँदा महादेव प्रसन्न हुनुहुन्छ । त्यसैले महिलाहरू साउन महिनामा हरियो मेहन्दी र हरियो चुरा लगाउने गर्छन् ।

साभार

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal