eNepal

समाजसेवा समाजसेवा भन्दै दौड कुन दिन डिभोर्स दिन्छु अनि थाहा पाउला

समाजमा नाम चलेका दाई थिए। नाम कमाउन कि त सामाजसेवीको बिल्ला भिर्नु पर्ने रहेछ कि त व्यापार ब्यबसाय गरेर जे जति जस्ता पायो त्यस्तै कार्यक्रमलाई सपोन्सर गर्दिनु पर्ने रहेछ या त सँघ सँस्थामा पद ओगटेर बस्न पर्दो रहेछ, गाउँमा त्यसै हजुर बरिष्ठ हस्त नमस्ते भई हालिने। काम फुट्या कौडी नगरे पनि यसो बेलामौकामा गफ मात्र दिए नि जे कार्यक्रम जहाँ भएनि बोलाउने रहेछन्। सम्मान पुर्बक खादा र अगाडीको कुर्सीमा बस्न पाईने रहेछ।

त्यस्तै चिरपरिचित दाईलाई भेट्न भनेर दाईको घर गएको दाई घरमा थिएनन्। फोन दबाएको। शुरुमा उठाएनन्। दुई चोटी फोन दबाए पछि उठाए र भने भाई म अहिले सानो मिटीङमा छु, एकछिन कुर्दै गर। एक घण्टा जतिमा आउँछु। अब आईसके पछि के नभेटी जानु भनेर बैठक कोठामा बसे। भाउजुसँग खासै चिनजान त थिएन। फेसबुकाँ साथी चाहि थियौ। यसो कहिले काही लाईक आदन प्रदान चाँही हुन्थ्यो।

नेपालीहरुको सत्कार उहीको चियाबाटै शुरु भयो। भाउजु काम सकेर सिधै सपिङ गरेर आउनु भएको रहेछ। के गर्नु भाई वहाँको त बोल्ने पनि फुर्सद छैन। खै काममा पनि जान्छन् कि जादैनन् मेसो पाउनै छोडी सके। यो समाजसेवाको भुतले वाक्कै बनाउन थाल्यो। हप्ताको चार पाँच दिन त मिटीङ भनेर घर पनि अवेर आउँछन्। 

नभन्दै बुढालाई कसैले ट्याग गरेको फोटो फेसबुकमा अपलोड भयो।पृष्ठभुमीमा केही रक्सीका बोतल र प्लेटमा पोलेको मासुमा गोडा पाचेक जना सम्मिलीत फोटो आयो क्याप्सनमा लेखिएको थियो – “आजको बैठक फलदायी भयो”। मन मनै भने ए बुढाको बैठक त फलदायीनै भएछ नि।

भाउजु अनि दाई सधै यस्तै हुन कि आज मात्र। खै भाई यो चुनाब आउन तिन चार महिना देखि घरमा त मुख देखाउन मात्रै आउँछन्। कहिले यो समितीसँग बैठक छ भन्छन्, कहिले स्टेटबाट आएकालाई भेट्नु छ भन्दै जान्छन्। कहिले फलानो सँस्थाका पदाधिकारीसँग भेटघाटको कार्यक्रम भन्छन्। सप्तान्तमा पनि त्यहि हो कहिले के कार्यक्रम कहिले के। जाम् भन्छन् आफुलाई फेरी दुनियाँसँग किच्च हाँस्दै नमस्कार गर्दै चिनिन मन पनि पर्दैन। म त खासै जान्न। 

सोचे बुढा देखी भाउजु वाक्कै भई सकिछिन्। फेरी भन्छिन् न त केही पाउनु छ, न त कसैले गरिस् स्याबास भन्छ दुनियाँको तथानाम गाली खाईखाई खै के को समाजसेवा गर्दै हिडेका हुन्। राम्रो भन्ने मान्छे मैले अहिले सम्म सुनेको छैन र पनि हिड्या छन्।घर परिवार स्वास्नीको मतलब छैन। 

जोईपोई सुत्ने भन्नु मात्र हो। रातै भरि मोवाईल ट्यार्र ट्यार्र भएर कहिले काँही त सुत्न पनि पाउँदिन। कहिले फलानोलाई सहयोग गर्नु पर्यो भन्या छन्। कहिले यो कार्यक्रमलाई यति सहयोग भन्याछन्। नभाको पैसा सक्याछन्। साँच्चै भनेको म त वाक्क दिक्क प्याक्क भई सके।

कुरा हुँदै गर्दा बुढा आई पुगे। आँखा राता राता थिए। धेरै कुरो सोधिन। अघि फेशबुकबाट सबै जानकारी पाई सकेको थिए। बुढालाई भेट्न भनेर गएको भाउजुको गुनासो सुनेर अगाएँ। भाउजु पनि आज हल्का फायर भएको अनुभुती भयो। भाउजु झर्किदै भन्दै थिईन् काँही नभएको समाजसेवा तिम्रै रहेछ। लाउने भयौ ठुलै लछारपाटो। यसरी समाज समाज भन्दै दौड कुन दिन डिभोर्स दिन्छु अनि थाहा पाउँछौ।म केही बोलीन लागे आफ्नै बाटो।

नोट: कथा काल्पनिक हो तर यदि कसैको बास्तबिक जिवनसँग मेल खान गएमा केवल सँयोग मात्र हुनेछ। 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal