eNepal

अब गोल्डस्टार ब्रान्ड्को जुत्ता अस्ट्रेलियाको सिड्निमा पनि।

देवराज दुलाल
इ-नेपाल
सिडनी, अस्ट्रेलिया

नेपालमा बनेको गोल्डस्टार ब्राण्डका जुत्ताको शो रुम अष्ट्रेलियाको सिड्नीमा खुलेको छ ।अधिकारिक शोरुम खुलेसँगै यहाँका नेपाली समुदायले स्वदेशी नेपाली उत्पादन गोल्डस्टार जुत्ताका विभिन्न मोडल खरीद गर्न पाउने भएका छन् ।शनिवार एक कार्यक्रमकाबीच अष्ट्रेलियाको इतिहासमै संघीय संसदमा उम्मेदवारी दिएका दोस्रो पुस्ताका नेपाली लिबरल युवा नेता पीजे श्रेष्ठले गोल्डस्टार शोरुमको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो ।

नेपाली व्यवसायीहरु प्रदीप साह सुडी,रइसराज सत्याल र रोशन कायस्थाले संयुक्त लगानीमा सिड्नीमा गोल्डस्टार जुत्ताको अधिकारिक शोरुम सञ्चालनमा ल्याउनुभएको हो । शोरुममा नेपालको प्रतिष्ठित किरण शुजले उत्पादन गरेका गोल्डस्टार ब्राण्डका सबै जुत्ता र चप्पल उपलब्ध रहेका छन् ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal