eNepal

यस्ता गुण भएका पुरुष भेटाउनुभयो भने विवाह गर्न राजी भइहाल्नुहोस्

समुद्रशास्त्रबारे त तपाईंले अवश्य सुन्नुभएको होला । र आज हामी यहि शास्त्रमा उल्लेख भएअनुसार तपाईका लागि कस्तो जीवनसाथी उपयुक्त होलान् भनेर हामी यहाँ उल्लेख गर्दैछौं । 

सुमद्रशास्त्रमा उल्लेख गरिएअनुसार पुरुषमा केही यस्ता गुण हुन्छन्, जसबाट उनीहरु वैवाहिक जीवनमा सक्षम र सफल ठहरिन्छन् । महिला दिदिबहिनीहरु, यदि यस्ता गुण भएका पुरुष भेटाउनुभयो भने विवाह गर्न राजी भइहाल्नुहोस् ।

–पुरुषमा साहस र धैर्य हुनु आवश्यक हुन्छ । जुनसुकै परिस्थितिको पनि सामना गर्न पुरुषमा आत्मविश्वास र साहस हुनु जरुरी हुन्छ । यस्तै जस्तोसुकै आपत पर्दा पनि नहडबडाउने धैर्यता पनि पुरुषमा हुनु जरुरी हुन्छ । 

–तपाईले जीवनसाथी बनाउने भनेर सोचेको पुरुष मेहनती हुनु पनि जरुरी हुन्छ । आफ्नै संघर्षले सफल हुने पुरुषले नै आफ्नो जीवनसाथीलाई पनि सुख दिन सक्छन् । नकि अरुले कमाएको पैसामा धाक लगाउनेहरुले । 

–अक्सर तपाईंले पनि देख्नुभएको होला कि आफ्नो घरमा भएको झगडालाई धेरैजनाले साथीसँग सेयर गर्ने गर्छन् । तर समुद्रशास्त्रले यस्ता पुरुषलाई कमजोर भनेको छ । जस्तोसुकै परिस्थितिलाई पनि सही रुपमा मूल्याङ्कन गरेर आफ्नो तरिकाले चल्ने पुरुष नै जीवनसाथी बनाउन उपयुक्त हुन्छन् । 

– एक राम्रो पुरुष उनै हुन्छन् जो आफ्नी पत्नीलाई सधैं साथमा लिएर हिँड्छन् । साथै जस्तोसुकै कठिन अवस्थामा पनि आफ्नो परिवारको पक्षमा उभिने पुरुष राम्रा मानिन्छन् । यस्तै आफूभन्दा सानो र आफ्नो तल काम गर्ने व्यक्तिको सम्मान गर्ने पुरुष राम्रा मानिन्छन् ।

एजेन्सी

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal