eNepal

टिकटकले तीन वर्षदेखि हराएका पति भेटिए

भारतको तामिलनाडूमा एक महिलाले आफ्नो पति सुरेश हराएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् । तर उनी त्यतिबेला अचम्ममा परिन् जब तीन वर्षपछि उनले आफ्नो पतिलाई टिकटक भिडियोमा देखिन् ।

टिकटकका विषयमा अचम्म-अचम्मका कुराहरू बाहिर आएका छन्, कतिपयले यसको विरोध पनि गर्छन् । तर आफ्नो पति हराएकी महिलालाई भने टिकटक वरदान सावित भएको छ ।

२०१६ मा सुरेश आफ्नो पत्नी जयाप्रदा र आफ्ना दुई छोराछोरीको वास्ता नगरी घर छोडेर हिंडेका थिए । पति हराएपछि जयाप्रदाले धेरै खोजी गरिन् तर फेला पार्न सकिनन् । उनले प्रहरीमा पनि उजुरी दिइन् तर प्रहरी पनि सुरेशलाई भेट्टाउन सकेन ।

तर तीन वर्षपछि जयाप्रदाको नातेदारले टिकटक हेर्दै गर्दा यस्तो भिडियो देखे जुन भिडियो बनाउनेको अनुहार सुरेशसँग मिल्दोजुल्दो थियो । त्यो भिडियो जब जयाप्रदालाई देखाइयो, उनले भिडियोमा भएको पुरुष आफ्नो पति भएको पुष्टि गरिन् । त्यसपछि प्रहरीमार्फत सुरेश फेला परे ।

प्रहरीले दिएको जानकारी अनुसार सुरेश आफ्नो पत्नीसँग सन्तुष्ट थिएनन् । उनको एक तेस्रोलिंगीसँग पनि सम्बन्ध रहेको पुष्टि प्रहरीले गरेको छ । सुरेश एक ट्रेक्टर कम्पनीमा काम गर्थे।

प्रहरीका अनुसार सुरेशले बनाएको टिकटक भिडियोमा एक तेस्रोलिंगी महिला पनि उपस्थित थिइन् । प्रहरीले त्यही महिलालाई पछ्याउँदै सुरेशको खोजी गरेको हो ।

एजेन्सी

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

enepal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

enepal