eNepal

पूर्व प्रेमि–प्रेमिकालाई सम्झेर रुदाँ शरिरको तौल कम हुने

तपाईंमध्ये धेरैले आफ्नो भावना व्यक्त गर्दा तौल घट्छ भन्दा पत्याउनु हुन्न होला । हामीमध्ये धेरै यो अवस्थाबाट गुज्रिएका छौं ।

कसैले मन तोडेका बेला तपाईंलाई तनाव हुन्छ, धेरै खानुहुन्छ र त्यसको केही दिनपछि आफूलाई मनपर्ने जिन्स लगाउनै नमिल्ने गरी टाइट भएको पाउनुहुन्छ ।

यस्तो अवस्थामा पनि तौल बढेको देख्दा तपाईंलाई विश्वास पनि नलाग्न सक्छ ।हामी तनावमा हुँदा कार्टिसोल हर्मोनको श्राव हुन्छ जुन मोटोपनासँग सम्बन्धित हुन्छ ।

हामीमध्ये धेरैलाई थाहा छ कि यो हर्मोनले तनावसँग जुध्न सहयोग गर्छ । यहाँ समस्या के छ भने आजकाल मानिसहरु जीवनयापनका लागि शारिरिक क्रियाकलाप गर्दैनन् ।

मानिसहरु तनावमा हुँदा र रिस उठेका बेला बसिराख्न रुचाउँछन् त्यसकारण हाम्रो शरीरले तनाव कम गर्ने केही क्यालोरीको उपयोग गरिसकेको ठान्छ । यद्यपी, त्यसको प्रयोग नभएको पनि हुनसक्छ ।

यसैबीच, वैज्ञानिकले भावुक भएपछि आउने आँसुमा कार्टिसोल बढाउने हार्मोन भएको पत्ता लगाएका छन् । यसलाई प्रोल्याक्टिन, लिउ–इन्केफालिन र एड्रेनोकोर्टिकोट्रोपिन ९एसिटीएच० भनिन्छ । हामी अत्यधिक दबाबमा हुँदा यी हर्मोन निष्कासन हुन्छ ।

त्यसकारण जब हामीले आफ्ना भावनालाई नदबाइकनै, मन खोलेर रुन्छौं तब यी हर्मोन बाहिर निस्कन्छन् जसका कारण कार्टिसोलको स्तर घट्ने गर्छ ।

कार्टिसोल हर्मोनलाई कसरी कम गर्ने तरिका थाहा नहुँदा समस्या निम्तिने हो । त्यसकारण तनावमा भएका बेला हामीलाई अत्यधिक भोक लाग्छ जसका कारण तौल बढ्ने गर्छ ।

यसका लागि विज्ञानलाई धन्यवाद भन्नै पर्छ जसले समस्यामा पर्दा पनि तौल घटाउने उपाय पत्ता लगाएको छ । स्ट्रेस हर्मोन शरीर भित्र छ कि बाहिर, त्यो कुरा महत्वपूर्ण हुन्छ ।

यदि तपाईं राम्रो अभिनय गर्न सक्नुहुन्छ र प्याज काटेर रुने सोच बनाइराख्नुभएको छ भने ढुक्क हुनुहोस् यसले तपाईंलाई सहयोग गर्दैन । वास्तविक भावनामा बगेर रुँदा मात्र आवश्यक हर्मोनको श्राव हुन्छ ।

वैज्ञानिकका अनुसार भावनामा बगेर रुने सबैभन्दा राम्रो समय भनेको बेलुका सात देखि १० बजेसम्म हो । यतिबेला मानिसहरु आफूलाई मनपर्ने मानिसको साथमा हुन्छन् ।

त्यसकारण यदि तपाईंको सम्बन्ध टुटेको छ र जीवनको निकै कठिन अवस्थामा हुनुहुन्छ भने त्यसलाई बाहिर निस्कन दिनुहोस् । मन खोलेर रुनु दिमागलाई शान्त बनाउने एक माध्यम पनि हो ।एजेन्सीको सहयोगमा

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

enepal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

enepal