eNepal

अस्ट्रेलीयाको पिआरवाला भन्दैमा सुनको अण्डा पार्दैनन् है

अस्ट्रेलीयाको पिआरवाला त परको कुरा अस्ट्रेलीया गएको केटा वा केटी भन्ने बित्तीकै सुनकै डल्ला पार्छन् जस्तो सोचेर पछि लाग्ने र त्यस्तै पर बिहे गरेर हुँईकी हाल्न पाए ठुलै माछो हातमा पारे जस्तो सोचेर पछि लाग्नेको जमात बढेको छ। चिप्ला कुरा अनि ईडिट गरेर सर्लक्क परेका मनमोहक फोटोकै आधारमा आफ्नो जिवनको गहन निर्णय गर्न कत्ति पनि हिच्किचाउँदैनन् आझ भोलीका आलाकाँचो उमेरका युवा पुस्ता।

 के गर्छ, कस्तो छ हैन अव सिधै कहाँ छ अस्ट्रेलीया अमेरीका भने पछि न व्याकग्राउणड, न रुप, न अरु केही। सिधै लाहाछाप लाग्छ आझकाल। ए फलानो अस्ट्रेलीयाको हो रे भने पछि कान त्यसै ठाडो ठाडो हुने। छर छिमेकीका आँखा सनक्क हुने। साथीभाईका दिमागमा ओपेरा र हार्वर ब्रिजको सेल्फीले क्लिक मार्ने। बढो अजिवको प्रथा चल्न थाल्यो। 

नाम मात्रै काफी भयो। केही नालीबेली नचाहिने भो आजकाल। पहिला पहिला घर कहाँ, कस्तो खानदान, ईलम छ छैन, सरकारी जागीरे हो कि हैन। कति दाजुभाई दिदी बहिनी। के गोत्र, कहिले जन्मेको, कुन राशी सारा नालीबेली खोज्न पर्ने जमाना थियो। आजकाल त छोरो अस्ट्रेलीया, छोरी अस्ट्रेलीया भन्दे पुग्ने भो न गोत्र चाहियो न जागीर।

अस्ट्रेलीया अमेरीकाका केटा केटी भने पछि सुनकै अण्डा पार्छन भन्ने सोच छ भने त्यो मुर्खता बाहेक अरु केही हुन्न। कतिको आफ्नो बस्ने खाने र सुत्नेको टुङ्गो हुँदैन। अरुको देखेर ए फलानोले डिपेन्डेन्ट ल्याएको क्या मोज गरेको छ। डबल काम पैसो त मुर्रो कमाएको छ भन्ने सोच भनौ या देखासिकी गरेरे ए बोरु बिहे गरेर ल्याईयो भने त पैसो मुला त कति कमाईने रहेछ भनेर हचुवा तालमा बिहे गर्नेहरु बगरेल्ती छन्। 

बिदेश भनेर केही हुँदैन। दुख जहाँनि गर्नै पर्छ।हामी नेपालीलाई पैसो कन्भर्ट बानीले बिगारेको छ। यति सय कमायो भने यती रुपयाँ हुने रहेछ। ए बाबा हो महिनीकै यति लाख र उती लाख भन्दै हिसाब गरे जस्तो पनि सजिलो छैन बिदेशको कथा। डलर कमाए पछि खर्चनी डलरमै हुन्छ। त्यो बुझ्न पर्यो। 

आजकाल त यस्तो माहोल श्रृजना हुँदैछ कि कैयौ बर्ष देखी परेका मायाँ प्रेम क्षण भरमै तुहिएका छन् अस्ट्रेलीयन बन्ने सपनाले। धेरै घरबार चौपट भएको छ डलरीया खेतीले। 

मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal