eNepal

स्वाजिल्यान्डका राजाले किन फेरे देशकाे नाम ?

विश्वमा त्यस्ता मानिसहरु सायदै होलान् जसले आफ्नो नामजस्तै एकाएक पूरै देशको नाम फेरिदिन सक्छन् ।

तर, देशको नाम फेरिदिन सक्ने सामथ्र्य राख्ने व्यक्ति हुन्, राजा मस्वाती ।

मस्वाती स्वाजील्यान्डका राजा हुन् ।

अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्यान्डका राजा मस्वाती तृतीयले केही अघि आफ्नो देशको नाम फेरेर नयाँ नाम राखे– ‘द किङडम अफ इस्वातिनी’ ।

देश स्वतन्त्र भएको ५० वर्ष पुगेको उपलक्ष्यमा राजले यस्तो घोषणा गरेका हुन् ।

र, उनको घोषणासँगै यो निर्णय लागू पनि भएको छ । इस्वातिनीको अर्थ चाहिँ ‘स्वाजियोंको माटो’ भन्ने अर्थ हुन्छ । राजाले चालेको यो कदम अप्रत्याशित थियो, आकस्मिक थियो ।

त्यसो त राजा मास्वातीले धेरै वर्ष पहिले देखि नै देशलाई बारम्बार स्वाजील्यान्ड नभनेर इस्वातिनी भन्दै आएका थिए ।

सन् २०१७ मा संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दा र सन् २०१४ मा देशको सांसद्मा सम्बोधन गर्दा पनि उनले यही नाम लिएका थिए ।

तर, देशको नाम परिवर्तन गरिएकोमा स्वाजिल्यान्डवासी आक्रोशित छन् । उनीहरुले देशको आर्थिक व्यवस्था कमजोर हुँदै गएको र राजाले त्यसबाट ध्यान हटाउन यस्तो पहल गरेको आरोप लगाएका छन् ।

श्रोत: फरकधार

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

enepal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

enepal