eNepal

नेपाली माटोमा जन्मिएका प्रमेज श्रेष्ठ,अस्ट्रेलियाको लिबरल पार्टीले संधीय निर्बाचनमा उठाउने निश्चित।

इ-नेपाल
देवराज दुलाल
सिड्नी, अस्ट्रेलिया

अष्ट्रेलियाको संघीय निर्वाचनको ईतिहासमा पहिलो पटक यहाँको सत्तारुढ दल लिबरल पार्टीले एक नेपाली मूलका युवालाई संघीय निर्वाचनको उम्मेद्वार सिफारिश गरेको छ। सिड्नी निवासी परमेज श्रेष्ठ आगामी मे १८ मा हुने संघीय निर्वाचनमा बार्टन क्षेत्रबाट उम्मेद्वार बन्ने निश्चित भएको हो ।
बिहीबार बसेको लिबरल पार्टीको न्यूसाउथवेल्स राज्य कार्यसमितिले उनलाई उम्मेद्वारका रुपमा सिफारिश गरेको हो । पीजे श्रेष्ठका नामले चर्चित उनी अष्ट्रेलियामा नेपाली समूदायको दोश्रो पुस्ताका प्रतिनिधि हुन् । २० वर्ष अघि ६ वर्षको उमेरमा उनी आफ्ना अभिभावकको साथ अष्ट्रेलिया आएका थिए । यहीँको शिक्षा दिक्षाका साथै व्यवसायमा पनि उनी संलग्न छन् । परमेज श्रेष्ठ मिष्टर नेपाल ओसिनिया समेत हुन् । उनी पछिल्लो समय दोश्रो पुस्ताको नेपालीका रुपमा उत्प्रेरकको भूमिकामा समेत देखिएका थिए ।

उनलाई उम्मेद्वार बनाइएको क्षेत्र बार्टनमा नेपालीहरुको सबैभन्दा घना बसोबास भएको सिड्नीको रकडेल, कोग्रा, हस्र्टभिल क्षेत्र पनि पर्दछ । यस्तै टेम्पे, ओलाई क्रिक, बेल्मोर, बेभर्ली हिल्स, क्याम्सी, क्यान्टरबरी, कार्लटन, डुलविच हिल, म्यारिकभिल लगायतका ठाउँ यही क्षेत्रमा छन् । न्यूसाउथवेल्सको राज्य चुनावमा निकै सक्रिय रहेका परमेजलाई यस क्षेत्रबाट उठाउने निर्णय ऐतिहासिक भएको छ । उनी अष्ट्रेलियाको संघीय निर्वाचनमा उम्मेदवार सिफारिश गरिएका पहिलो नेपाली मूलका युवा हुन् ।
उनी सम्भवत अष्ट्रेलियाको संघीय निर्वाचनमा उम्मेद्वार हुने सबैभन्दा कान्छो उमेरका व्यक्ति पनि हुन् । परमेजले आफु बार्टन क्षेत्रमै हुर्के बढेका कारण त्यस क्षेत्रको बारमो जानकार रहेको बताउछन । यहाँको बृहत्तर समाजलाई प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेकोमा निकै खुशी देखिएका परमेजले स्थानीयका समस्या समाधानमा आफुलाई केन्द्रित गर्ने बताएका छन्।

source: mntv online

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal