किन केही नलाएकी?’ सवालमाथि सवालहरू, ‘विहे भएको जस्तो नै देखिएन,’ व्यांग्यका प्रहारहरू सुनिन्छन्। गुन्जिन्छन्। किन कि अब म विवाहित रे।
एउटा सानो टिका लाउने कि?’
अनुरोधका यी लवजहरू,
‘दुर्इवटा चुरा त लाउ,’
अादेशका यस्ता अावाजहरू,
‘किन केही नलाएकी?’
सवालमाथि सवालहरू,
‘विहे भएको जस्तो नै देखिएन,’
व्यांग्यका प्रहारहरू
सुनिन्छन्।
गुन्जिन्छन्।
किन कि अब म विवाहित रे।
मेरो रूपमा, विवाहको प्रमाण देखिनु पर्छ रे।
सिउदो मा सिन्दुरले,
‘म विवाहित’ लेखिनु पर्छ रे।
तर,
चुरा त फुटिजान्छ,
पोते त चुडिजान्छ।
सिन्दुर नि पुछिजान्छ,
गाजल नि सुकिजान्छ।
यी बेठेगानका निर्जीव वस्तुमा
मेरो विवाहको ठेगान किन खोज्छाै?
चुरा, पोते, सिन्दुरलार्इ मात्र
विवाहको प्रमाण किन सोच्छाै?
हो! म विवाहित।
मनले, मस्तिष्कले,
मेरो ‘साथी’ को साथले,
नयाँ परिवारको अाशिरवादले।
मैले पोते भन्दा बलियो
सम्बन्ध कसेको छु।
सिन्दुर भन्दा गाढा,
माया कसेको छ।
चुरा टुटे नि, कहिले नटुट्ने विश्वास छ।
पोते छिने नि, कहिले नछुट्ने साथ छ।
त्यसैले म विवाहित
मेरै नियमले,
मेरै काइदाले।
विवाहको बेग्लै
मेरो परिभाषाले
तर,
म ‘अाधुनिक’ भएकी होइन।
शृंगार विरोधी बनेकी होइन।
म केवल अाफू बनेकी हुँ।
मनले चाहे सरी बनेकी हुँ।
मलार्इ शृंगार गहनाले
दुर्इ दिने चिटिक्क ‘पुतली’ होइन
माया र भावनाले,
जुनी भर बुझ्ने ‘साथी’ बन्ने छ।
त्यसैले म विवाहित,
अाफ्नै लयमा
अाफ्नै परिभाषामा।।
(साभार)

