eNepal

म विश्वको उत्कृष्ट खेलाडी किनभने मेस्सी र रोनाल्डो ‘एलियन’ हुन्’

पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमार आफूलाई विश्वकै उत्कृष्ट खेलाडी ठान्दछन् किनभने उनको भनाईमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो यो पृथ्वीकै होइनन् ।

विश्वकपमा फेरि एकपटक ब्राजिलको अपेक्षाको बोझ उठाइरहेका नेयमार ‘बालोन डि’ ओर को प्रतिक्षामा रहेका खेलाडी’ मानिन्छन् । 

यसअघि दुईपटक तेस्रो स्थानमा सिमित भएका नेयमारले बार्सिलोना र रियल म्याड्रिडका दुई स्टारलाई उछिन्न सकेका छैनन् ।  उनी पनि यो कुरा असम्भव रहेको स्वीकार्छन् ।

र, मेस्सी र रोनाल्डोले आफ्नो खेललाई अन्य कुनै खेलाडीले बराबरी गर्न नसक्ने उचाईंमा पुर्याउँदा २६ वर्षीय दक्षिण अमेरिकी खेलाडी बाँकी खेलाडीमध्येको उत्कृष्ट हुनुमा चित्त बुझाउँछन् ।

युट्युब च्यानल डेसिमपेडिडोसँग कुराकानी गर्दै अन्य खेलाडीहरुभन्दा रोनाल्डो र मेस्सी धेरै माथि भएको बताए ।

‘आज म विश्वको उत्कृष्ट खेलाडी हुँ, किनभने उनीहरु यो धर्तीका नै होइनन्,’ उनले भने ।

आफू उत्कृष्ट भएको ठट्टा गरिरहँदा नेयमारले आफ्नो लागि व्यक्तिगत सफलता ठूलो कुरा नभएको पनि बताए । स्पेनमा बार्सिलोना र फ्रान्समा पिएसजीसँग उपाधि जितेका उनको अबको लक्ष्य भनेको ब्राजिलका लागि धेरै उपाधि जित्नु रहेको बताउँछन् ।

‘म विश्वको उत्कृष्ट खेलाडी बन्न चाहन्न । म ब्राजिलका लागि विश्वकप जित्न चाहन्छु,’ उनले थपे, ‘उपाधि जित्दा मलाई, मेरो परिवार र मेरो देशलाई खुसी दिनेछ ।’

ब्राजिल यस विश्वकपमा समूह ईमा स्वीटजरल्याण्ड, कोस्टारिका र सर्बियासँग रहेको छ ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal