eNepal

आत्महत्या “एक सामाजिक रोग”

एउटा औषधिविहीन सामाजिक रोग हो आत्महत्या । औषधि त छ तर यो उपचारविहीन छ । ताकी यो समाजमा रहेका कोपिला र फूलहरूको किरा बनिदिएको छ र फल्नलाई बाधा पुर्यायको छ । जस्तो कि क्षयरोगको पूर्ण र सफल उपचार सम्भव छैन तर निरन्तर औषधि सेवनपछि अधिकांश मात्रामा रोग निको हुन्छ । त्यस्तै हाम्रो समाजको रोग आत्महत्या पनि निरन्तर प्रयासबाट गर्न सकिन्छ । देखसिकी पनि भइरहेको छ यो, कि एउटाले नराम्रो काम गर्यो त्यसपछि आत्महत्या वेइज्जति पायो ….. आत्महत्या, धोका खायो आत्महत्या….! 

आफैमा विश्वास नहुनु, जीवनदेखि हार खानु र भावी जीवनको लागि असमर्थ हुनु र त्यसपछि आत्महत्या हुने गर्दछ । खासगरी आत्महत्याको सिकारमा युवा युवती परेको पाइन्छ । अनि प्रायः गरी आत्महत्याको कारण ‘प्रेम’ पनि बनेको देखिन्छ । प्रेममा धोका र विछोड आत्महत्योको एउटा कारण हो । र जातीय र वर्गीय विभेदले नित्याएको समस्याको कारण पनि आत्महत्या बढेको छ । मानौं अन्तरजातीय प्रेम जोडी विवाह गर्न चाहनु र परिवार र समाजले स्वीकार नगर्नु, धनीको छोरा वा छोरी वा गरीबको छोरा वा छोरीबीच प्रेम सम्बन्ध छ र उनीहरू विवाह गर्न चाहन्छन् तर यो कुरा धनी परिवारलाई स्वीकार छैन । विभिन्न रोगबाट ग्रस्त भइ आफ्नो बेइजति भएको ठानेर पनि हुने गर्दछ आत्महत्या । कसैको सामु आफ्नो बेइजत भएको छ भने पनि मानिस आत्महत्या गर्दछ । वास्तवमा लागूपदार्थ सेवनबाट हुने कलह र झैझगडाबाट पनि आत्महत्याको घटना बढ्न सक्छ । आत्महत्याको पछाडि वास्तवमा कोही पनि लाग्नु उचित होइन ।

मानव भएर जन्मे पश्चात एक मिनेट पनि बढी बाँच्ने प्रयास गर्नुपर्दछ । मानव जीवन संसारकै सबैभन्दा राम्रो र रमाइलो हुन्छ । सुख दुःख त भइ नै हाल्छ । आफैलाई छक्क पार्ने काम मान्छेले नै गर्छ र आत्महत्या जस्तो चुच्छ र घटिया काम पनि मान्छेले किन गर्दछ त ? नेपालको सदर्भमा प्रायः गरी विकट ठाउँहरुमा आत्महत्याको समस्या देखा पर्ने गरेको छ । प्रायः आत्महत्या गर्दा पासो लगाउने, विष सेवन गर्ने र नदी खोलामा हाम फाल्ने गर्दछन् । जीवनदेखि हार खानु मर्नु बाहेक अरु विकल्प नदेख्नु आत्मविश्वास नहुनु नै आत्महत्याको आधार हो ।

कुनै प्रेम सम्बन्धमा प्रेमी प्रेमिकाले वाचा कसम खान्छन् कि जीनव प्रयत्नसँगै हुनेछौं भनि एक अर्कालाई मन मुटु सुम्पिन्छन् र माया गर्दछन् । एक अर्का विनाको कल्पनाको संसार पनि बनाउन चाहँदैनन् । वाध्यतावश होस् या जानी जानी कुनै एक छुटिएर अन्तै माया लगाउन वा विहे गर्न पुग्छ त्यसमा पीडितलाई एकदमै पीडा हुन्छ । आत्मविश्वास घट्छ र आत्महत्याको बाटो रोज्न सक्छन् । वास्तवमा यो उसको ठूलो भुल हो । उसले त्यसको सामु केही बनेर र गरेर देखाउनु पर्दथ्यो । दुई प्रेमी जोडि अन्तरजातीय हुन् भने समाज र परिवारले उनीहरुको विवाह स्वीकार गदैन र उनीहरु छुट्न चाहदैनन् । त्यसैले आत्महत्या रोज्दछन् । समाजले यो भुल गरेको हो । यस्तै जातीय र वर्गीय विभेद गर्दा समाजले वर्षेनी आफ्ना सन्तती गुमाइरहेको छ । जबसम्म जातीय र वर्गीय विभेद हट्दैन । तवसम्म आत्महत्या जस्तो सामाजिक रोग हटाउन पनि गाह्रो पर्नेछ ।

कुनै व्यक्ति रोगी र पीडित छ उपचारको लागि गरीब छ भने उसले आफ्नो वेइज्जत ठान्दछ । र आत्महत्याको कार्य रोज्न सक्दछ । उसको लागि साहारा र सहयोगी तथा हौसला आवश्यक पर्दछ । र कसै सामु वेइज्जत हुनु, कुटपिट र जाँडरक्सी जस्ता लागूपदार्थका कारणबाट कलह हुनु पनि आत्महत्याको कारण बन्ने गर्दछ । आत्महत्याको अन्त्य गर्न निकै कठिन मानिएपछि यसलाई कम गर्न भने सकिन्छ । कसैले प्रेममा धोका खाएको छ भने त्यसलाई झन् पीडा हुने खालका कुरा होइन बाँच्न र संघर्ष गर्न लागि, प्रोत्साहन र हौसला दिने खालका सुझाव र परामर्श दिनु पर्दछ र पीडितले पनि त्यसलाई जीवनको एक क्षण सम्झनु पर्दछ । नेपाली उखान छ ‘खुट्टा भए जुत्ता कति कति !’ भनि आत्मविश्वास बढाउनु पर्दछ । झन् उत्साहित भएर जीवन निर्वाह गर्नुपर्छ । आत्महत्यालाई कम गर्न जातीय र वर्गीय विभेदलाई अन्त्य गर्नुपर्दछ । सबै समान भन्ने भावना मनमा बोक्नुपर्छ । प्रेम जोडी अन्तरजातीय विवाह गर्न चाहन्छन् भने पनि स्वीकार गर्नुपर्दछ । सबै यस धर्तीका सन्नति भन्ने सम्झनुपर्दछ । सबै जातजाति, भाषा भाषी, धर्म, वर्ग, वर्ग समान भन्ने महान् भावना मनमा पाल्नु पर्दछ । रोगीलाई तत्काल परामर्श र उपचार परिवार र सरकारले व्यवस्था मिलाउनु पर्दछ ।

कसैले नराम्रो काम गरेमा वेइजति होइन बरु कानुन अनुसार कारबाही गर्नुपर्दछ । श्रीमान् श्रीमतीबीच राम्रो र मायालु सम्बन्ध राख्ने गर्नुपर्दछ । लागू पदार्थ पूर्णरुपमा नियन्त्रण गर्नुपर्दछ । कुनै व्यक्तिले आत्महत्या गर्नुभन्दा कोहीले कुनै न कुनै संकेत गरेको हुन्छ । त्यसमा सचेत हुने र वेइजत नगरी गोव्य परामर्श, सुझाव र होसला र सचेतना दिने गरेमा हाम्रो समाजको रोग आत्महत्या अन्त्य गर्न सकिन्छ ।

लक्ष्मी पौडेल अनुरागी

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal