eNepal

दरवार हत्या काण्ड र गिरीजावावुको ‘ग्राण्ड डिजाईन’

विश्वकै लागि रहस्यमयी नेपालको दरवार हत्याकाण्डका केही जवरजस्त आशंका,सन्दर्भ, तर्कना र रोचक प्रसंगवारे संक्षिप्त टिप्पणी

पत्याउनै नसकिने दिपेन्द्र माथिको आरोप :

विहे गर्न नदिएको झोंकमा आमा,वावु र वहिनीलाई ड्याँङ ड्याँङ गोलीनै ठोके रे !

अनि लास्टाँ आफैलाई गोली हाने रे, त्यो पनि देव्रे कन्चटमा !

फेरि १० जना मारिदा सम्भावित राजा ज्ञानेन्द्रका आमा छोरालाई चै केही पनि नहुने रे ?

स्वचालित हतियार आकस्मिक पड्किदा मान्छे चै छानी छानी हान्दो रहेछ है ?

घटनाको दिन ज्ञानेन्द्र चै उपत्यका वाहिर है !

हत्या पछि शवको पोष्टमार्टम पनि नगरिने यस्तो पनि हुन्छ है ?

के का लागि हत्याकाण्डस्थलको रगत २ घण्टामै सफा गरेर चिटिक्क पार्नु परेको होला ?

फेरि दाहसंस्कार कर्फ्युमै गर्नु पर्ने कस्तो अवस्था आईलाग्या भन्या ?

शव र्यालीमा प्रधानमन्त्रीको वुलेटप्रुफ गाडी क्षतविक्षत वनाएर फुटाउनेहरु को थिए ?

यति संवेदनशील छानविन प्रतिवेदनमा वन्दुक देखाउदै भटट र रटट भन्न सभामुख तारानाथ रानाभाटलाई कत्ति पनि निसंकोच लागेकै हो त ?

कोमामा राखेर राज्य सहायक चलाउनेको पछि चुलिएको राजकाजको महत्वाकांक्षा सामान्यनै हो त ?

राष्ट्र प्रमुखको वंशै हत्याको प्रधानमन्त्रीलेनै राम्ररी हेर्न नपाउने अनि घटनावारे आशंकै गर्नु पर्ने कस्तो अवस्था आईलाग्यो भन्या ?

अनि राष्ट्र प्रमुखकै हत्त्या हुदा पनि गिरीजावावुलाई संसद वैठक वोलाउन कसले छेक्यो ?

ज्ञानेन्द्रको सत्तामोह र दरवारहत्याकाण्डको कनेक्सन छ कि छैन ?

के राजा वीरेन्द्रको वंशनास हुने गरी हत्याकाण्ड नभएको भए गणतन्त्र यति सजिलो आउने थियो त ?

ज्ञान्नेन्द्र माथि एकोहोरो आरोप किन उनैले पटक पटक दरवार हत्याकाण्डमा मेरो संलग्नता छैन भनेर मिडिया फेस गर्नु पर्यो ?

के गिरीजावावुले यसैलाई ‘ग्राण्डडिजाईन’ भनेका त होईनन ?

गिरीजावावुले कहिल्यै नखोलेको ‘ग्राण्ड डिजाईन’ अन्तत : उनको देहावशानसंगै अझ रहस्यमयी गर्भमा थन्कियो ।

शाह वंशका प्रथम राजा कुलमण्डल अन्तिम राजा ज्ञानेन्द्र । क-ज्ञ रोमान्चक संजोग मात्रै ?

एउटा अनुत्तरित प्रश्न र आशंकामा सम्झिईरहने दरवार हत्याकाण्ड !

प्रकाशचन्द्र परियार

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal