eNepal

बेलायतका राजकुमारको विवाहबाट सिक्ने कुराहरु

यसै मे महिनाको १९ तारिखमा बेलायतका राजकुमार ह्यारी र उनकी प्रेमीका मेगनको विवाह भव्यताका साथ सम्पन्न भएको छ । सामान्यता सप्ताहन्तमा नगरिने बेलायती राजपरिवारको विवाहको परम्परा यसपटक भने शनिबार राखिएको थियो, बिश्वमा बहुतै चाख अनि उत्साहका साथ यस विवाहको प्रतिक्षा र चासो पाइएको थियो । सेन्ट जर्ज च्यापलमा ठ्याक्कै १२ बजे मध्यान्नमा विवाह साईत तय गरिएको हो । आउनुहोस आज हामी नेपाली परिपक्ष्यमा यस विवाहको केही कुरा गरौं । 

नेपाली समाजमा विवाहलाई अझै पनि सरल अनि सहज रुपमा लिइन्न, बिभिन्न सामाजिक अनि आर्थिक बन्धनको प्र्रतिस्पर्धामा विवाहलाई गाँजिएको छ, शायद यस विवाहका केही कुराले हामीलाई धेरैकुराहरु सिकाउन सक्नेछन् । 

मेगन माक्र्ले राजकुमार ह्यारी भन्दा उमेरले जेठी छिन र उनी ३७ वर्षकी छिन्, उनको समबन्धबिच्चछेद भएको हो र स्वभावत उनी कुमारी हैनन । विवाहमा यी कुराहरु नेपाली समाजमा बहुतै चर्चा अनि प्रार्थमिक्ता दिएर लिइन्छ तर बेलायती राजपरिवार लगायत बिश्वलाई मेगनका यी तथ्यले कुनै प्रभाव पारेन । उन्को अस्तित्वका लागि उल्टै यी कुराहरुले सकारात्मक प्रभाव पार्यो, आज मेगनले कुमारीत्व अनि एकल महिलाकालागि एउटा उदहारण नै दिएकी छिन् । राजकुमार ह्यारी र मेगनको यस विवाहमा हाम्रो शुभकामना छ । मेगन कुनै शाही खानदान या अर्वपती परिवारकी हैनन् तथापी बिश्वकै प्रभावशाली राष्ट्रको राजकुमारले मेगनलाई विवाह गरे, मायालाई तौलने बिश्वका लागि यो कुरा पनि राम्रो उदहारण हो । 

सुनको मोह अनि आवश्यक्ता विवाहको अपरिहार्य कुरामा नेपाली समाजले लिएको छ । पुरानो नेपाली परिवेशमा दुलहीको पेवा सम्पती अनि आर्थिक स्वतन्त्रताका लागि सुनको महत्व हुन्थ्यो । अबको परिवर्तन भएको समाजमा पनि विवाहको सम्पन्नता र प्रभावकारिता सुन र पोशाकसंग तुलना गर्नेहरुका लागि विश्वकै पुरानो र प्रभावशाली राजतन्त्र भएको देश बेलायतका राजकुमारको विवाहले राम्रो सन्देश दिएर गएको छ । 

सुन अनि गहना लगायतका कुराहरु यस विवाहमा उती महत्व दिइएन, हुन त बेलायती राजकुमारको विवाहमा गहनागुरियाको कमी हुने त कहाँ हुन्छ र ? तथापी समग्रमा माया अनि समानताको आधारमा भएको यस विवाहमा कुनै राजकुमार आफ्नी पत्नीसंगमात्र विवाह गरिरहेका थिएनन बल्की एउटा सामान्य पती आफूसरहकी बरावर हैसियत राख्ने सामान्य पत्नीसंग विवाह गरिरहका देखिन्थे ।

उनको या उनको पत्नीको सम्पतीको हैसियत विवाहमा देखिएन्, यस बरावरीको विवाहवाट हामी नेपालीले पनि धेरै कुराहरु सिक्न सक्दछौं । फुल, माया, बिश्वास अनि समानतामा विवाहहरु हुन जरुरी छ, यस विवाहवाट विश्वले यहि सिकेको छ । 

साभार

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal