eNepal

सन्दिप लामिछानेलाई सम्मानको ओइरो

आईपीएलमा सहभागिता जनाएर इतिहास कायम गरी स्वदेश फर्किएका नेपाली युवा स्पिनर सन्दिप लामिछानेलाई केडिया समूह अन्तर्गतको यति फ्लोरिङले सम्मान गरेको छ ।

बुधबार डीएभी कलेजमा आयोजित कार्यक्रममा १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई नेपालको युथ आइकनको उपाधिसहित १ लाख रुपैयाँले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा डीएभी कलेजका बिद्यार्थीले भिडियो प्रिजेन्टेसन गरी सन्दिपको खेल जीवन तथा नवलपरासीदेखि राष्ट्रिय टोलीसम्मको यात्रा स्मरण गराएका थिए ।

सम्मान ग्रहण गर्दै सन्दिपले राम्रो मान्छे बनेर मुलुकलाई संसारमाझ चिनाउने प्रयासमा आफू रहेको भन्दै त्यसका लागि संघर्षकै क्रममा रहेको बताए । ‘मुलुकका लागि राम्रो गर्नु र देश चिनाउनु सबैको सपना हुन्छ, त्यसका लागि हामीले संघर्ष गर्नुपर्छ र आफ्नो सपना छाड्नुहुँदैन ।’ सन्दिपले भने ।

१७ वर्षीय सन्दिपलाई इण्डियन प्रिमियर लिग आईपीएल टोली दिल्ली डेयरडेभिल्सले खरिद गरेपछि नेपाली प्रतिभाले विश्वब्यापी चर्चा पाएको थियो । त्यसमा पनि दिल्लीका लागि पछिल्लो तीन खेलमा शानदार प्रदर्शन गरी उनले विश्वस्तरीय खेलाडीबाट प्रशंशा पाएका थिए ।

आईपीएलमा दिल्लीका लागि तीन खेल खेलेका उनले ५ विकेट लिएका थिए । अन्तिम खेलमा मुम्बईबिरुद्ध उनले ३ विकेट लिएका थिए । त्यसअघि चेन्नई सुपर किङ्स र रोयल च्यालेञ्जर्स बैंलोरबिरुद्ध एक एक विकेट लिएका थिए ।

साथै उनी इंग्ल्याण्डको लर्डस मैदानमा हुने वेष्ट इण्डिजबिरद्धको टी–२० च्यारिटी खेलका लागि विश्व–११ को टिममा परेका छन् । आगामी मे ३१ मा हुने खेलका लागि उनी विश्वस्तरीय खेलाडीसँगै प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि सन्दिप क्यारेवियन प्रिमियर लिगका लागि वेष्ट इण्डिज प्रस्थान गर्नेछन् ।

आजै सन्दिपले सम्मान स्वरुप कार उपहार पाउँदैछन ।

साभार

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal