eNepal

यस्तो रेस्टुरेन्ट जहाँ बिलमा छुट चाहनुहुन्छ भने ‘मर्नुपर्छ’

थाइल्यान्डको डेथ क्याफे नामक रेस्टुराँमा स्टाफले छुटको कुरा झिक्नेबित्तिकै ग्राहकहरू झसंग हुने गरेका छन् । 

बिलमा छुट पाउनका लागि तख्तामा तीन मिनेटसम्म मृत्युसँग संघर्ष गर्ने शर्त रेस्टुराँले राखेकाले ग्राहकहरू झसंग हुने गरेका हुन् ।

बैंककस्थित सेन्ट जोन्स विश्वविद्यालयमा बौद्ध धर्म तथा निर्वाणमा अनुसन्धान गरिरहेका सहायक प्राध्यापक वीरानुत रोजनप्रपाको दिमागको उपज हो यो । यसको उद्देश्य मानिसलाई मृत्युको अनुभव दिलाएर उनीहरूमा लोभ, मोह र स्वार्थको भावना अन्त्य गर्नु हो ।

वीरानुतका अनुसार, डेथ क्याफेमा हरेक टेबलमुनि काठको तख्ता बनाइएको छ । बिल पेश गर्दा कुनै ग्राहकले १० प्रतिशत छुट मागेमा एउटा बटन थिच्नेबित्तिकै तख्ता बाहिर निस्कन्छ । ग्राहकलाई जुत्ता खोलेर तख्तामा पल्टिन

लगाइन्छ । त्यसपछि तख्ताको ढोका तीन मिनेटका लागि बन्द हुन्छ । भित्र उज्यालो र हावा केही पनि हुँदैन । 

व्यक्तिलाई सास थुनिएको जस्तो लाग्छ । जिन्दगीमा केही पनि बाँकी छैन जस्तो उसलाई लाग्छ । 

धेरै ग्राहक तख्तामा जाने हिम्मत गर्दैनन् । यसमा जान तयार भएका मानिस पसिना पसिना भएर काँप्दै निस्कन्छन् । 

केही ग्राहकलाई यति खतरनाक अनुभवका लागि १० प्रतिशत छुट थोरै भएको बताउँछन् । अनि रेस्टुराँले उनीहरूलाई मन पर्ने चकलेट वा केक सित्तैमा दिने अफर गर्छ ।

एजेन्सी

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

enepal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

enepal