eNepal

खसी–बाख्राले झैं स्याउला खान्छन् यिनले, २५ वर्षदेखि स्याउला नै मूख्य आहार !

एक पाकिस्तानी नागरिकले २५ वर्षदेखि स्याउलालाई नै मूख्य आहार बनाएका छन् ।पाकिस्तानको पञ्जाव प्रान्तमा मजदुरीको काम गर्दै आएका महमुद बटले विगत २५ वर्षदेखि रुखका हरियो पातलाई नै आफ्नो मूख्य आहार बनाएका हुन् । सुरुमा उनले गरिबीका कारण भोक मेट्न पत्ता खान थालेका हुन् । तर अहिले पेट भर्न सक्नेगरी कमाउन थाले पनि उनी पत्ता खान बानी नै परेको बताउँछन् ।

‘सुरुमा मेरो आम्दानी थिएन, गरिबीका कारण पेट भर्न समस्या थियो,’ ५० वर्षीय उनले भने, ‘काम धन्दा थिएन, भोक मेट्न सडकमा भिख माग्नुभन्दा स्याउला खाएरै भए पनि बाँच्ने निधो गरेँ ।’अहिले मजदुरी गरेर आफू र परिवारको पेट पाल्न सक्ने हैसियत भएको उनी बताउँछन् ।

तर स्याउला खाने बानी परेका कारण अझै आफू दैनिक सडक किनारका रुख भाँचेर पत्ता खाने गरेको उनले सुनाए ।उनी भन्छन्, ‘अब त स्याउला खान बानी नै परिसक्यो ।’ स्याउला खाँदा कहिल्यै अस्वस्थ्य नभएको उनी बताउँछन् । (एजेन्सी)

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal