eNepal

म बलात्कार गर्न चाहान्छु

म दुश्मनहरुको

निर्मम हत्या गरि

हत्यारा बन्न चाहान्छु ।

मन्दीर मस्जिद चर्च

गुम्बा या विद्यालय

जहा-जहा भेटिन्छन

परस्त्रीहरु

सबलाई बलात्कार गरि

बलात्कारि चाहान्छु ।

०००

किनकी

मलाई सांसद बन्नुछ ।

न्याय कानुनको

धज्जी उडाइ

मानव तस्करी

सुन तस्करि

गरि लस्करौ लस्कर

तस्कर जन्माई

म कुख्यात तस्करी बन्न चाहान्छु ।

०००

किनकी

मलाई मन्त्री बन्नुछ।

०००

जलाइदिन्छु

आजै देखि,

राजनीतिक

सांस्कृतिक

आर्थिक

सामाजिक

न्यायीक

दर्शनका

विश्वविद्यालय

पाठशालाहरु

०००

शैक्षिक योग्यता

आठै फेल सहि !

तर

हत्या

बलात्कार

तस्करिमा

विद्याबारिधी

गर्न चाहान्छु।

०००

किनकी मलाई

सांसद

मन्त्री र राजनेता बन्नुछ ।

०००

कविराज बानियाँ ‘बेबि’

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal