eNepal

मेरी आमा

सन्चो बिसन्चो सोधिन

सबै कुरा वृतान्त सुनाउने

त्यति धेरै समय म सगँ छैन ।

आमा म मात्र हजुरलाई

अन्तिम पत्र लेख्दै छु ।

यो बिरानो ठाउँ

यो बिरानो प्रवास

एक्लो लाग्दो रहेछ ।

आउने रहर कति थियो कति

कहि केही भगवानले जोडि हाल्छ कि रु

त्यसो भएन ।

मर्नै परे पनि

आमा हजुरलाई हेरेर

मर्दाको सुख यहाँ बाँच्दा नि पाईएन ।

नातेदार छिमेकीले

देहलाई हेरेरै भएनि

मन त बुझाउथे

त्यो रहेन आमा

अबको दुई मिनेट पछि

म रहने छैन

न त मेरो सास नै

जे आयो त्यही कुरा मन सम्मालेर

अन्तिम पत्र लेख्दै छु ।

आमा सबै भन्दा मूल्यवान समय

दुई मिनेट लाग्यो

मृत्यु दण्डको विशाल चिहानमा

प्राण र शरीरलाई आत्मसमर्पण गरेर

दुई मिनेट्कै खुसीमा उभिएर

आमा

अन्तिम पत्र लेख्दै छु ।

आमा म खुसी नै छु

अन्तिम पटक पनि

दुई मिनेट्को समय मर्नु भन्दा अगाडि दिएर

गुण लाए फासीवालाहरुले नि

यो बेला सबै कुरा मबाट शून्य भए

हर चीजको आशा बाचुन्जेल हुदो रहे छ ।

तर आमा हजुरको माया

अति नै लाग्यो ।

आमा हजुर लाई सम्झिए

आँखा अगाडि नियाले

भगवान आए जस्तै लाग्यो

सोच्दा –सोच्दै आँशुहरु

अनुहारका खोल्सा हुँदै झरे आमा

मर्दा लाएको सेतो बस्त्र

आसुले निथ्रुक्क भिज्यो

आमा यो सुनेर नरुनु होला

आफूलाई समाल्नुहोस

आखिर सधै को पो बाच्यो र रु

मन बुझाउनु होला

अन्तिम पत्र लेख्दै छु ।

आमा फर्केर आउने धेरै मन थियो।

समयले जीती सकेसी मेरो केही लागेन

बिदेस आउँदा आमालाई सुनाएको कुरा

यो पल पनि पीडा बनेर मन्मा गडिरहे छ्न

एक सरो हजुरको लुगा फेरि दिने

पानी चुहिने हाम्रो घरको छाना फेर्ने

ती सपना सपनै भए आमा ।

त्यो दिन फर्केर आएन

कहिल्यै आएन

त्यसैले त अन्तिम पत्र लेख्दै छु ।

आमा अब म सग तीस सेकेन्ड बाकी छ ।

मेरो खोजी न गर्नु होला।

कसै माझ बदलाको भाब लिने

दुस्प्र्यास नि न गर्नु होला ।

आमा आखिर हजुरले जे गरे पनि

म फर्कने कुनै सम्भाबना रहेन

आमा झुन्ड्याउने डोरी खस्ने

तयारीमा छ

म पनि भगवानको घर जान

आँखा चिम्लिएर रेडि भएर

आमा हजुरको प्रथाना गर्दै छु

आमा समय भयो

न चाँहदा न चाहाँदै

जानै पर्ने भयो

सधै को लागि

बाई है मेरी आमा बाई ।।।

बविना बस्नेत

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal