eNepal

अव यस्ता नेताहरुलाई के गर्ने?

गत ३ बर्षका पटके सरकारका पदाधिकारीहरुले तीन वर्षमा जम्मा जम्मी अरु घुस्खोरी र घबलाहरु बाहेकै २९ करोड रुपैया सर्लक्क बाडेर खाएछन्। जनता को पैसा उपचार र अरु के के नाममा हात पारेछन । यिनीहरुलाई किन यो सुबिधा उपलब्ध गराउनु पर्‍यो र? के को उपचार ६०१ मा एक दुई कम भएर के हुने हो र? बरु बिबाद काम होला र संबिधान चाँडो बन्ला । कान्तिपुरको समाचार अनुसार “प्रभावशाली नेता, मन्त्री, सभासद र भ्रातृ संस्था एवं राजनीतिक आवरणमा नखुलेका संस्थालाई आर्थिक सहायता र उपचारका नाममा झन्डै २९ करोड रुपैयाँ बाँडेको छ । संसद्को सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको विवरणअनुसार २०६५ असोजदेखि २०६८ जेठसम्ममा मन्त्रिपरिषद्को निर्णयका नाममा तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र अहिलेका प्रधानमन्त्री झलनाथ खनालको कार्यकालमा राज्यको ढुकुटीबाट उक्त रकम बाँडिएको हो ।

” बल्ल पो थाहा लाग्यो त यी महासयकिन कुर्सीमा टसियेको रहेछन्। सम्बिधान बनिहल्यो भने त फेरि को आउने हो त्यो पैसा कुम्लाउन तेसैले संबिधान नै नबनएपछी त सधै आफ्नै पालो । बाडी चुडी खान पाउने । तेही खाएको टुलुटुलु हेर्न नसकेर पो आन्दोलन गर्ने रैछन त यीनीहरु त। अनी जनता बिचराहरु जहिले नी चिल्लै । उपचार हुन नसकेर नेपालमा बर्सेनी कतिको ज्यान जन्छ। बरु तेति २९ करोडले त कति नेपालीको उपचार भएर ज्यान बच्ला। नेताहरुले त ठेक्का पट्टा, कमिसन, घुस र भत्ता पाएकै छन् नि। अनी त्यो प्रधानमन्त्री सहायता कोषको काम चाइ के रैछ कुन्नी? अरु देश् तिर त बाढिपैरो, गरिबी, भुक्मरी र आपत्तिमा तेसैले सहयोग गरेको देखिन्छ। नेपालमा चाइ किन येस्तो हो? नेपाली जनतालाई कति सम्म अध्यारोमा राखौला भन्ठानेको हो यिन्ले? 

यो बितरणलाई सहयता बाढेको होईन, जनता र देशको पैसा ब्यक्तिगत फाईदालाई प्रयोग गरेको भन्न पर्छ। टन्न ३ पटक प्रधानमन्त्री, मन्त्री भएर घुस खाएर काठमाडौंमा करोडको घर बनाउनेले पनि उक्त कोषबाट पैसा हसुरेको रहेछ। के बारे कुरा हुदैछ भन्ने स्पस्ट भएन भने ” हाम्रा नेताहरुले गरीबको लागि भनेर छुट्टाएर राखेको पैसा आँफैले बाढेर खाएछन फेरि एक पटक” ।

“प्रधानमन्त्री सहायता कोषबाट भने प्रधानमन्त्रीले आफ्नो पार्टीका नेता, कार्यकर्ता र उनीहरूको सिफारिसका व्यक्तिलाई मात्र १० देखि ७५ हजार रुपैयाँसम्म बाँडेका छन्” रे? ए नेपाली जनताले दु:ख गरेर कमाएको पैसा ती नेता हरुको आफन्त पाल्नलाई रहेछ? ठिकै छ, हामीले सदै टुलुटुलु हेर्ने त हो नि। फेरि एक पटक त हो नी, नयाँ कुरा हो र चिन्ता गर्न?  

के कुरा गर्नु देऊबा, भरत मोहन देखि भुटानी नेता टेकनाथ रिजाल, वामदेव गौतम, राजकुमार नाल्बो, पूर्वमन्त्री रकम चेम्जोङ, नेता रामराजाप्रसाद सिंह, सुशील कोइराला,पद्मसुन्दर लावती र यस्तै ५० जना को नाम् रैछ। नेपालीलाई जीवन जल र सिटामोल गाउमा पुराउन नसक्ने सरकारले लाजै नमानी २९ करोड बाडेछ । हामि सबै नेपालीले सधैं किन येस्तो हेरिरहन पारेको हो ? शेर बहादुर देउबा ले एक पटक सतीले सरपेको देश् हो यो भनेका थिए, सतीले होईन काजी तिमीहरुले सरापेको देश् हो यो। कतिन्जेल खन्छौ हो, यसरी? पञ्चायत लाई र राजालाई हामीले किन हटाको? तिमीहरुलाई पोश्न लाई हो?   

गरिबी र अभावका कारण उपचार गर्न नसक्ने व्यक्तिहरूलाई मात्र आर्थिक सहायता दिने कानुनी व्यवस्था छ ।  सरकारले आर्थिक हैसियत राम्रो भएका, कुनै रोग नलागेका प्रभावशाली नेता तथा पहुँचवाला व्यक्तिलाई मनलागी रकम बड्नु भनेको देशको कानुन र जनताको अपेक्ष्या र प्रजातान्त्रिक  धारणा बिपरित कार्य गर्नु हो । यसरी कानुन तोड्नेले देश र जनताको लागि के गर्लान? खोइ के भन्नु ।

व्यक्तिगत गाडी मर्मतका लागि समेत एमालेका पूर्वसांसद सोमप्रसाद पाण्डेलाई करिब ७ लाख रुपैयाँ सहयोग दिइएको छ रे लौ । ५०% जनताले गाडी नदेख्ने देशका नेता को गाडी मर्मतमा ७ लाख्? त्यो पनि प्रधानमन्त्री कोश बाट?  ल अब हामी आँफै सोचौ यस्ता नेता हरु लाई के गर्ने? 

अमूर्त

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal