eNepal

कबिताः नयाँ बर्ष

गीता तिमील्सिना, मेल्बोर्न अस्ट्रेलीया

ढोका ढक ढक गरेको 

आवाज सुनिन्छ

म उत्साहित हुन्छु, खुसिले नाच्छु र 

दौड़दै ढोका खोल्छु, उसको लागी

तर यो के?

ऊ माग्छ म सँग मेरै परिचय

म सँग परिचय पत्र छैन

म दिन असमर्थ हुन्छु

ऊ सोध्छ म सँग लामो समय देखिका 

अष्पस्ट हिसाब किताब 

म सँग सही समय नाप्ने

डिजिटल घडी छैन 

म बताउन असमर्थ हुन्छु

ऊ माग्छ म सँग जिवन भरिका 

लेखा जोखा 

मैले कुनै हिसाब राखेको छैन

म बुझाउन असमर्थ हुन्छु

ऊ फेरी म सँग बर्ष भरिको 

भाका राखेर बिदा हुन्छ

 

म घोतलिंछु धेरै बेर 

यो आतिसबाज़ी, यो हल्ला खल्ला

यो रंगीन माहोल, भोज भतेर 

सबै उसैको स्वागतको तयारी थियो

सोचेको थिएँ

जब ऊ आऊनेछ

मेरो स्वागतको निम्तो मान्न

म देखाउनेछु आफ़ना सुनौला तयारिहरू

यो नशालू साँझ, यो रक्सिको मात

यो फूलको स्वागत

अनि यो संगीतको धून

बिर्सनेछ उसले आफूलाई

र आफ़ना बनाउन खोज्नेहरूलाई

म बताऊने छु उसलाई 

यही हो त्यो समय जून म 

कालान्तरदेखि हर समय 

प्रतीक्षामा थिएँ

अनि सोचेको थिएँ

ऊ आफैं हर हिसाबको

हिसाब लगाऊने छ

र म आल्हादित मुस्कानमा

मुस्कुराउने छु

 

ऊ आएको थियो पोहोर साल पनि

यसरीनै  मलाई प्रश्नहरूको घेरामा 

थुनेर प्रताडित गर्न

म तेतिखेर पनि यसरी नै

निरुत्तर भएर उसलाई खाली हात

फ़ार्काएको थिएँ

कति छिटो भुलेको मैले 

रोएको थिएँ म

अबिरल सागर बगाऊँदै आफ्ना

यी चक्षुहरूबाट 

मुटुमा कुनै सारो चिज

हातले छोपेर लाज र पश्चातापले

मुख छोप्दै यसरीनै उसलाई 

रित्तो फ़र्काएको थिएँ

ऊ तेतिखेर पनि यसरीनै

फेरी आऊने बाचा गर्दै

मुस्कुराऊँदै फर्किएको थियो

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal