eNepal

शरीर माथि दियोमा बत्ती बाल्ने जात्राः बिस्का जात्रा

सूर्यविनायक नगरपालिकाको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहान ३ बजेदेखि नै स्नान गर्नेको घुइँचो लागेको छ । आज चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर चरखण्डेश्वर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई पुण्य प्राप्त हुने जनविश्वास छ । सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा पुनःजीवित बनेको किंबदन्ती रहेको छ ।

यहाँको कुण्डमा नुहाए जिउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ । मन्दिर परिसरमा शरीरमा बत्ती बालेर बस्ने पनि रहेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवम् पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । मन्दिरमा बिहान ५ बजेदेखि नै २ खटसहित खट जात्रा गरिएको छ । 

शरीर माथि दियोमा बत्ती बाल्ने जात्रा

यस्तै खट नचाउने जात्रासंगै मनाइने तर प्रचारको कमीले ओझेलमा परेको नेपाल कै लोपोन्मुख अवस्थामा रहेको शरीर माथि दियोमा बत्ती बाल्ने जात्रा यस चरखण्डी तीर्थस्थलमा चरखण्डी बिस्का जात्रासंगै मनाइन्छ । यो कार्य बाध्यात्मक नभई आपूm खुशी गर्ने कार्य हो । स्वेच्छाले गर्ने कार्य हो । स्वेच्छाले गर्ने कार्यमा आफ्नो आकांक्षा रहन्छ भने सो पूरा हुने विश्वास लिइन्छ ।

पकाण्डोल निवासी मनिष मानन्धरले पहिलो चोटी आफ्नो शरीर माथि दियोमा बत्ती बालेका छन् साथै किरण श्रेष्ठद्वारा चौथो पटक यस परम्परालाई निरन्तरता दिएका छन् ।

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal