eNepal

सिटामोल नबन्ने मेरो देशमा,नेता ठुलाठुला सपना देखाउने: मुर्ख जनता भटट ताली पड्काउने

यदुराम सापकोटा ( हाल जापान )

समुन्द्र नभएको देशमा
नेता पानीजहाजको सपना देखाउने
भेडा जनता भटट ताली पड्काउने।
मान्छे र घोडाले रिक्सा लतार्ने देशमा
नेता सुलुलु रेलको सपना देखाउने
मुर्ख जनता भटट ताली पड्काउने।

दिनकै भोकमरीले २/४ जना मर्ने देशमा
नेता बिस्तारामा खाना ल्याईदिने सपना देखाउने
भेडा जनता भटट ताली पड्काउने।
सिटामोल नबन्ने मेरो देशमा
नेता रकेट उडाउने सपना देखाउने
मुर्ख जनता भटट ताली पड्काउने।

भुकम्प प्रतिरोधी घर नबन्ने देशमा
नेता भुकम्पआउनु ३० मिनेट पहिले जानकारी दिने सपना देखाउने
भेडा जनता भटट ताली पड्काउने
ग्यास नपाएर दाउरा बिक्री गर्ने देशमा
नेता पाईपलाईनको ग्यास को सपना देखाउने
मुर्ख जनता भटट ताली पड्काउने !

.

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal