eNepal

रिलेसनसिप त्यसपछि सेक्स अनि हत्या र आत्महत्या ट्रेन्ड बन्दैछ आजकाल

सेक्स जिवनमा अपरिहार्य छ। यौन ईच्छा उमेरसँगै जाग्नु स्वभाबिकै हो। मानवीय आवस्यक्ता भन्दैमा अपरिपक्क नभईकन, आफ्नो खुटामा नउभीकन अरुलाई देखाउने होडबाजीमा अनि साथीको त जोडी छ मेरो छैन जस्ता सोच राखेर रिलेसनसिपमा बस्नेहरु यत्रतत्र भेटीन्छन्। पुरुषार्थको धज्जी ओडेर अझै भर्जिन छस् भनेर साथीले गिज्याउलान्।

नामर्द सोच्लान्, साथीहरुको नजरमा गिरीन्छ भनेर चाहे दुबैको मेलमिलापमा होस् या कोही एकको करकापमा होस् या यो जमानामा नि के को लाज हो एकचोटी अनुभव लिदैमा के जान्छ र भन्ने सोचका साथ आजकाल मज्जाले नै हुन्छ उठबस।
जोशमा होस गुम्छ। कतिले हामी आजपनि सँगै सधैलाई सँगै भनेर एकअर्कालाई आफ्नो शरीर सुम्पिन्छन्। कोहीलाई दोष दिनु हुन्न। न केटा न केटी। कतिपय ठाउँमा केटाले फोर्स गर्ला शारिरीक सम्पर्कको लादि। तर जलबरजस्ती चल्दैन रिलेसनसीपमा। दुबैको समझदारी नभए सम्म केही हुँदैन। अनि गल्ती भए पछि एकअर्कालाई दोष। तैले गरेर यस्तो भयो। अनि समाज आउँछ। मुख देखाउने कसरी । लाज लाग्छ।

हिजो त्यहि बाटोमा नारीएर हिड्दा मर्द र रवाफ अनि सँसारकै सुन्दर जोडी भन्न अघि सर्नेहरु आझ एकाएक तैले गर्दा मेरो ईज्जत बर्बाद भयो। तैले गर्दा मेरो लाईफ गयो। तैले मलाई जबरजस्ती गरिस् आदि ईत्यादी।नेपालमा अहिले यो ट्रेन्ड जस्तै छ।

रिलेसनसिप अनि सेक्स त्यसपछि लागेको बानी। सधै एकैनाश हुँदैन। जिवनमा उताचडाब। सधै मन एकनास हुँदैन। समयसँगै जिवनका भोगाईमा परिबर्तन हुँदै जान्छ। प्रिमेचुअर्ड रिलेसनसिपले धेरै समय नातालाई टिकाई राख्न मुस्किल हुन्छ।बिचार गरौ रिलेसनसीपमा बस्दा सोचौ दश चोटी सोचौ। बेलामा बुद्दी नपुर्याउँदा जिन्दगी भरि पछुचाउनु नपरोस्। यहि रिलेसनसिपले हत्या र आत्माहत्या नहोस्। समाचारको पात्र नबनौ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal