eNepal

ओली जस्ता नेता भएको देशमा काम गर्नु पनि धिक्कार लाग्छ – विजय लामा

नेपाल वायु सेवा निगमको ठूला जहाजलाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली जम्बो टोलीसहित हिमालय एयरको जहाजमा चीन गएसँगै क्याप्टेन विजय लामाले कडा प्रतिक्रिया जनाएका छन् ।

उनले आफ्नो कर्मलाई धिकार्दै यस्तो देशमा बस्नुको समेत अर्थ नभएको बताएका छन् ।

‘के बस्नु यस्तो देशमा, जुन देशमा नेताहरुले रास्ट्रिय ध्वजाको कदर गर्न जान्दैनन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धिक्कार्छु आफ्नो कर्मलाई यस्तो अवस्था आउँदा पनि केहि गर्न नसक्दा ।’

उनले प्रमसहितको टोली ध्वजावहाकलाई बेवास्ता गर्दै चीन उड्दा आफूले ठूलो पीडा महुसुस गर्नुपरेको समेत बताएका छन् ।

उनले प्रश्न गर्दै अगाडि भनेका छन्, ‘कहिलेसम्म हेर्नुपर्छ यस्ता कुराहरु ? कहिलेसम्म सहनुपर्छ हामीले यी सबै पीडाहरु ?, राष्ट्र र नेपालीलाई माया गर्ने नेताहरु कहिले आउलान् ? नेताहरुले जे गरेपनि ठीक त ?

उनले यसमा आफूले ट्वाल्ल परेर हेर्नुबाहेक केहि गर्न नसकिने पनि बताएका छन् ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal