मैले मन दुखाऊन छोडे
अरुसंग रिसाऊन छोडे
दुख्नेपनि आफ्नै मन त हो
मैले आफुलाई सताउन छोडे………
कार्यक्रम सुरु भय पश्च्यात थर्नवरि थिएटरको मंचमा गुन्जिएको पहिलो प्रस्तुति थियो गाएक राज सिग्देलको यो | यी हरफहरु काफी भए मेरा लागि राज सिग्देल र उहाको गायन क्षमतालाई चीन्न | आहा ! यो पो त गीत | म ठुलो छाँगाबाट खसेको जस्तै भए | उंहाले गाएको ”उह जितेर गई या हारेर गई” भन्ने बोलको गित नेपाल आइडलको मंचमा बुद्ध लामाद्वारा सुन्ने अवसर पाएको थिए | त्यसपछि उहाको गीतसंगीतप्रतिको मेरो मोहले मलाई गजल नाइटसम्म डोर्याएको थियो | कार्यक्रम सुरु गर्न गरियको ढिलासुस्तीबाट असन्तुस्ट म , कार्यक्रम सुरु भए पश्च्यात यदाकदा हराउन पुगेछु | उनले गाएका हरेक गीत मेरो जीवनको चित्रण हो जस्तै मह्सुह भयो | साएद त्या उपस्थित हरेक कोहीलाई पक्कै मलाई जस्तै महसुस भयको हुनुपर्छ | उनको जादुमय आवाजले निकालेको सा, रे , ग,म ,प् को धुन संगै मस्त झुमिरहेको थियो हिजोको साँझ | प्रेम , मिलन-बिछोड , हर्ष, दुख अनि राष्ट्रभक्ति सबै समेटिएको उनका ती गीतहरुलाई वर्णन गर्ने साएद मसंग कुनै उपयुक्त सब्ब्दनै छैन | जति सुनेपनि अपुग लाग्ने उनको त्यो स्वोर बास्तवमै तारिफयोग्य छ | उनका गितहरुबाट कतिले आफ्नो दुख भुलाए, कतिले आफ्नो प्रेमी-प्रेमिकालाई सम्जीय, कतिले जीवनमा आउने अप्ठ्यारा परिस्थिहरुलाई सांगीतिक सब्दहरुको सहायेताले नजिकवाट मनन गर्ने अवसर पाए | उपस्थित सबैको जस्तै मेरो मन पनि उनका आवाजमा हरायो, कसैलाई महसुश गर्दै | यो माया हराएको सहर हो प्रिया, नजर दामी हजुरको , लागएतका गीतहरु भोलि गएर इतिहास रच्ने गीतहरु हुन् | उनको आवाजमा नारायणगोपालको गित सुन्न पाउदा मलाई कता कता मैले देख्न नपाएको नारायण गोपाल उंहानै होकी जस्तो समेत महासुस भयो | उन्हाको आवाज सुनेर नअघाएका हामी रातिको १ बजेको पत्तै पाईयन |
मादक पदार्थले भन्दा चर्को मात लगाउने उनको आवाज सुनेर म खुसि भए अनि थोरै दुखि पनि | त्यो समारोहमा उपस्थित मध्य मेरो उमेर समुहको म मात्र रहेछु | यानिकी मैले जस्तै धेरैले अझैपनि अवशर पाउनु भएको छैन ,नेपाली सुगम संगीतको उत्थानमा लागिपर्ने एस्ता स्रस्टाहरुको कला अनि कृतिहरुलाई नजिकबाट महसुस गर्ने | हजुरबुवा देखि बाबा ममी , अनि दाईदिदि सबैको मुखबाट सधै स्वोर सम्राट नारायण गोपाल , गोपाल योञ्जन, नाति काजी जस्ता सांगीतिक क्षत्रका अमर नामहरु सुन्दै आइरहेकी म , हरेक साँझ बिहान उंहाहरुकै गीत संगीतमा रमाउथे | नेपाली सुगम संगीतमा उहाहरुले पुर्याउनुभएको योगदान अतुलनिय छ | हाम्रो अहोभाग्य हो हामीमाझ नभएपनि यी बिशिस्ट श्रस्टाहरुको कृति आजसम्मपनि हामि गुनगुनाउछौ | तर अब ती स्रस्टाहरुको कृतिको जगेर्ना संगसंगै , राज सिग्देल जस्ता जीवित स्रस्टाहरुलाई पनि हामीले बिर्सनु हुन्न |
समयको परिवर्तन संगसंगै गीतसंगीत प्रतिको हाम्रो मानसिकतापनि बिस्तारै परिवर्तन हुदै आयो | संगीत भेषभुषा, जातजाति, धार्मिक अनि लैंगिक बिवेधबाट अत्यन्त टाढा छ | यसमा केवल हुन्छ त निर्मल, निश्चल अनि स्वोच्छ भावहरु जसमा हाम्रो मन मोहितभई मस्त तैरिरहंछ | यधपी, आधुनिकतामा लम्कीरहेको समाजको संगीतप्रतिको स्वाद बदलिदो क्रममा छ | हिजो नेपाली भाषामा मात्र अध्यन-अध्यापन गराईन्थ्यो आज नेपाली बिषयमात्र एउटा हुन्छ | हिजो नर्सिन्घे बाजा बजाएर दोहोरि गाउदै बिवाह गर्ने प्रचलनलाई आज आधुनिक बाजा र आधुनिक फास्ट ट्रयाकका गितहरुले दबाउदै छन् | झन् पश्चिमेली संस्कृतिबाट प्रवाभित हुदै गरेको हाम्रो संस्कृतिमा हलिवुड र बलिवुड दुवै गीतसंगीतहरुले मजाले स्थान ओगटीरहेका छन् | येसो हुनु नराम्रो पक्कै हैन | अरुको संस्कृतिको सम्मान गर्नु आफू हुर्किएको पृष्ठभूमिको बास्तविकता चित्रण गर्नु हो | तर , जसरि हामी हाम्रो लोकसंस्कृतिहरुलाई बिस्तारै पन्छ्याएर , अरुको संस्कृतिको उत्थान गरिरहेका छौ ,त्यो भने पक्कै सहि हैन | त्यसैले , आफ्नो गित संगीतको भाव आजै बुजाउ अनि अनि यसलाई गुमनाम हुनबाट बचाऊ |

