eNepal

बालकृष्ण ढुङ्गेलको कम्रेड प्रचण्डलाई खुल्ला पत्र

श्रद्देय अध्यक्ष ज्यु ,
अभिवादन !!
तपाई अहिले आफ्नो जन्मभुमी चितवनमा प्राप्त भएको जितको खुसि एकातिर र एकमात्र पुत्र प्रकाशको बियोगको पिडा अर्को तिर । यि चिजलाई फ्युजन गरेर दृढताका साथ अघि बढन सक्नु तपाई भित्रको छुट्टै बिशेषता हाे ।

क.प्रकाशको निधनमा मैले भाैतिक उपस्थितिमा श्रद्दानञ्जली ब्यक्त गर्न त पाईननै तर यस जेलको चार दिवार भित्र बसेर मनमनै श्रद्दासुमन अर्पन गरे र मनलाई स्तब्ध बनायो ।

म गिरफ्तारी परेको करिब डेढ महिना नाघिसक्यो ।गिरफ्तारी लगत्तै क, गाेपाल किराती ( साईला ) भेटन आउनु भयो र सहानुभुति ब्यक्त गर्नु भयाे । मेरै जिल्लाका नेताहरु भेट गर्न आउनु स्वभाबकै हो । त्यसबाहेक मेरो गिरफ्तारी बृहत शान्ति सम्झौता बिपरित हो , यो जनयुद्द कालिन मुद्दा हाे भन्ने सेन्टिमेन्ट बोकेर पार्टि हेड क्वाटरबाट अहिले सम्म केहिपनि भेटन आएका छैनन ।

पुत्र बियोग र चुनाबको बखत भेटन आउनु भएन त्यो स्वभाबिकै हो किनकि त्यस समय तपाईको पिडा र निर्वाचनको चटारोको कुरा मैले बुझेकै हुँ । अब निर्वाचन पनि सक्कियो , भारी मतले जितपनि हासिल गर्नुभयो । तर तपाईलाई मलाई भेटन डिल्लि बजार जेल सम्मको दुरि टाढा भयो या अनिच्छा पैदा भयाे ,र तपाई आउनु भएन ? तपाईको १० मिनेटको भेटको समय कति महत्वपुर्ण र साहनुभुतिपुर्ण हुन्थ्यो तपाईले कहिले आकलन गर्नुभयाे ? किनकि १० बर्षे जनयुद्द तपाईकै अभिभाबकत्वमा लडिएको हैन र ? मानौ तपाईले भ्याउनु भएन ठिकै छ ,तपाईका कोही कसैलाई तपाईको खबर पठाउन त सक्नु हुन्थ्याे नि कि हैन र ? ठिक छ भेटको सन्दर्भलाई यहि छोडौ ।

म हाम्रो पार्टिको पोलिट ब्युरो सदस्य हुँ । यो मेराे क्षमता र तपाईले मलाई पत्याएरै दिएको जिम्मेवारी हुनुपर्छ ।एउटा पार्टिको पोलिटब्युरो सदस्य जनयुद्दकालिन मुद्दामा त्यहिमाथि ब्यकसुर ब्यक्ति गरफ्तारी पर्दा बिज्ञप्ति सम्म निकाल्न सक्नु भएन यसको कारण के हुनसक्छ । यो त सत्य निरुपन तथा मेलमिलाप आयाेगले टुङ्ग्याउने समझदारीबाट तपाई हामि कहांनिर चुक्यौ ? यसको हिसाब किताब पार्टिले राख्नु जरुरि छ कि छैन ? भर्खरै मौलाउदै गएको एमाले संगको सम्बन्ध बिग्रेला भन्ने डरले या त चरण प्रसाई , कणकमणी दिक्षित लगाएका डलरबादीहरु संग डराएर बिज्ञप्ति निकाल्नु भएन ।

म अहिले जेलको चिसाे छिडिमा रहदै गर्दा चार ओटा रोगसंग एकैसाथ लडिरहेकाे छु ।जेलको परिबन्धमा उपचार त्यति सहज छैन अध्यक्ष ज्यु । भनेको सामय र भनेको डाक्टरलाई भेटन पाईदैन यहाँ । यो मैले पहिले ८ बर्ष जेल बस्दा नै भाेगेको तितो यथार्थ हो । उच्च रक्तचाप त छदैथियाे त्यहिमाथी सुगर पनि छ । मेराे दुबै मृगाैलाले काम गर्न छाेडेकाे यहालाई जानकारी नै छ ।

अध्यक्ष ज्यु म तलाईकै आदेसमा काम गर्ने एक सिपाही हैन र ? अहिले जुन हत्या अभियाेगमा म जेल भित्र छु ,त्यो घटना मैले गरेको हैन यहालाई पनि थाहा छ । केहि डलर बादीहरुले डलर पचाउन रचिएको प्रपन्च मात्र हो म ब्यकसुर हुदापनि किन जबरजस्त थुनाईयो ? हजुरले आत्मा साक्षि राखी भन्नुस म थुनिदा तपाईको मन कत्तिपनि कुंडिएको छैन र ? म थुनिनु भनेको तपाई थुनिए जस्ताे हैन र अध्यक्ष ज्यु ? कि माउ बचाउन चल्लाको बली चढाईएकाे हाे ?

बांकि अर्काे पत्रमा या भेटमा प्रचण्ड ज्यु – सदरखोर डिल्लीबजारबाट – बालकृष्ण ढुङगेल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal